भिरकोट नपाको बजेट करिब रु १० करोड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भिरकोट नपाको बजेट करिब रु १० करोड


२८ पुस २०७३, बिहिबार


वालिङ । गत वर्ष नगरपालिकाका रुपमा घोषित भएको स्याङ्जाको भिरकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब रु दश करोडको बजेट सार्वजनिक गरेको छ ।

बुधबार बजेट सार्वजनिक घोषणा सभामा नगरपालिकाका कार्यकारी अधिकृत झविश्वर रेग्मीले चालु र पुँजीगत गरी बजेट सार्वजनिक गरेका थिए।

बजेटमा चालुतर्फ रु चार करोड ३३ हजार र पुँजीगततर्फ रु पाँच करोड ७३ लाख ३५ हजार गरी कुल रु नौ करोड ७३ लाख ६८ हजार बजेट सार्वजनिक गर्नुभएको हो । प्रस्तुत बजेटमा सामाजिक सुरक्षातर्फ रु तीन करोड २० लाख ४८ हजार रहेको छ ।

त्यस्तैगरी, चालु आवको असार मसान्तसम्मको संशोधित अनुमानित आम्दानीअन्तर्गत चालुतर्फ रु ८२ लाख ५५ हजार, सामाजिक सुरक्षातर्फ रु तीन करोड २० लाख ४८ हजार र पुँजीगततर्फ रु ६ करोड २९ लाख ५१ हजार चार सय रहेको छ ।

बजेट सार्वजनिक सभामा कार्यकारी अधिकृत रेग्मीले भिरकोट नगरपालिकाका सम्भावना र चुनौतीसहित भावी नीति तथा कार्यक्रम अगाडि सारेका थिए । दोस्रो बजेट सार्वजनिक घोषणा सभाको सांसद कमलप्रसाद पँगेनीले उद्घाटन गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस