Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

संशोधन विधेयक पारित हुन नदिने ओलीको भनाइ


२७ पुस २०७३, बुधबार


दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक राष्ट्रिय हितविरुद्ध भएकाले संसद्बाट पारित हुनै नसक्ने दोहोर्याएका छन् ।

झापाको दमकमा निर्मित आकासे पुलको मंगलवार उद्घाटन गर्दै अध्यक्ष ओलीले तराई र पहाड टुक्र्याउने तथा जाति, भाषा र विभिन्न धर्मावलम्बीबीच अखण्ड ल्याउने कुनै पनि निर्णय स्वीकार गर्न नसकिने बताए ।

उनले सरकारले लुकिछिपी संसद्मा संविधान संशोधन विधेयक दर्ता गरे पनि त्यो पारित हुन नसक्ने ठोकुवा गर्दै भने–“देशको अहित हुने विषयमा एमाले सहमत हुन सक्दैन् ।”

हालको प्रदेश टुक्र्याएर हिमाल, पहाड र तराईको आत्मीयता भड्काउ गर्ने कसैको कुचेष्टा भए त्यस्तो सपना कसैले नदेख्न सुझाउ दिँदै ओलीले भने–“हिमालदेखि तराईसम्मको भू–भाग टुक्र्याउने कुनै पनि बहाना हामीलाई स्वीकार्य छैन् ।”

संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै उनले अबको निर्वाचनबाट एमालेको सरकार बन्ने दाबी गरे । रासस

प्रतिक्रिया दिनुहोस