Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दुई अस्पतालमा निशुल्क डायलाइसिस सेवा सुरु


२५ पुस २०७३, सोमबार


तिलोत्तमा (रुपन्देही) । रुपन्देहीमा रहेका दुई अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशनपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवल र भैरहवामा रहेको सिद्धार्थ नगर सिटी हस्पिटलले उक्त सेवा सुरु गरेका छन् । सरकारले निःशुल्क मिर्गौला डायलाइसिसको लागि अनुमति दिएसँगै यी अस्पतालले सेवाको सुरुवात गरेका हुन् ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले निःशुल्क डायलाइसिसका बिरामीको नियमित रुटिन परीक्षण पनि निःशुल्क गर्ने भएको छ । डायलाइसिसका बिरामीले हरेक महिना रुटिन परीक्षण र तीन महिनामा एचबिएसएजी, एचसिभी र एचआइभी परीक्षण गर्नुपर्ने हुन्छ । बिरामीको नियमित अवस्था थाहा पाउन सिबिसी, आरएफटी, प्लेटलेस, क्याल्सियम, फस्फोरस्, युरिक एसिड, लिपीड प्रोफाइल, टोटल प्रोटिन, एल्बुमिन, ब्लड सुगरलगायतको परीक्षण गर्नुपर्ने अस्पतालले जनाएको छ ।

सरकारले मिर्गौला डायलाइसिस निःशुल्क गरे पछि आर्थिक अभावको कारण अन्य परीक्षण गर्न नसक्ने बिरामीलाई यो निर्णयले ठूलो राहत मिल्ने अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले रुटिन परीक्षणको लागि प्रतिबिरामी वार्षिक करिब रु ४० हजार रकम लाग्ने जानकारी दिनुभयो ।

सरकारले यसअघि निःशुल्क डायलाइसिसको अनुमति दिएका सरकारी अस्पतालले समेत रुटिन परीक्षण निःशुल्क नगरेको र गौतमबुद्ध सामुदायिक अस्पताल नै निःशुल्क घोषणा गर्ने पहिलो रहेको अस्पतालले दाबी गरेको छ ।

नेपालका करिब तीन करोड जनसङ्ख्यामध्ये १० प्रतिशतअर्थात करिब ३० लाख जनाको मिर्गौलामा कुनै न कुनै समस्या रहेको बताइन्छ । तीस लाखको १० प्रतिशतअर्थात तीन लाखमा यो समस्या अझै ठूलो छ । रासस

प्रतिक्रिया दिनुहोस