आगलागीबाट करिब सात लाख क्षति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आगलागीबाट करिब सात लाख क्षति


२४ पुस २०७३, आइतबार


रत्ननगर (चितवन) । चितवनको रत्ननगरस्थित बद्रेनीमा रहेको एउटा घरमा आगलागी हुँदा करिब रु. सात लाखको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सनिवार दिउँसो रत्ननगर नगरपालिका वडा नं १७ स्थित बद्रेनीमा रहेको मायाँ तामाङको घरमा आगलागी हुँदा सो क्षति भएको हो ।

एक्कासि आगलागी हुँदा उनको घर र गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरी चौकी बछौलीबाट गएको प्रहरीको एक टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीका कारण मानवीय असर भने नपरेको तर अन्नपात भने जलेको जनाइएको छ । आगलागीको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस