२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिन्दगीभरी छाउपडी

अ+ अ-

तिहारको यमपञ्चक शुरु भैसक्यो। उनी यसपाली लामो समय पछि बिदेशबाट आएका एक मात्र भाइलाई टीका लगाउन पाईने खुशी र भेट हुने बेचैनीमा छिन। सार्वजनिक धारामा लुगा धोईरहेकी थिईन। पछाडिबाट एकाएक तथानाम गाली गर्दै एक परिचित महिलाले कपाल भुत्ल्याउन शुरु गरिन। केही पुरुषहरुले त्यो महिलालाई तल्ला जातीलाई यसरी नै सबक सिकाउनु पर्छ भनी उचाले।

क्षेत्री भनी कहलिएका त्यो गाउँका महिला पुरुषहरुले आफ्नो औकात बस, तिमी तल्ला जातिहरु भनेर खिसि गर्न, गाली गर्न, कुटपिट गर्न केही बाँकी राखेनन्। देशमा गणतन्त्र आइसकेको थियो त्यति बेलासम्म। देशलाई जातिय छुवाछुत मुक्त घोषणा गरेको थियो पार्लियामेन्टले। तर त्यो गाउँमा सरकार, गणतन्त्र, लोकतंत्र, जनयुद्ध, लोकतन्त्रीक आन्दोलन, परिवर्तन र उपलपब्धी खोटो शिक्का जस्तै थिए। त्यो गाउँ यस्तो लाग्थ्यो कि तल्ला जाती भनिएकाहरु ती उपलब्धिका हकदार हुनै सक्तैनन। धारो छोएको भनी गाउँ निकाला गरियो ती तल्ला जाती भनिएका महिलाको परिवारलाई।

लेखक

गाउँका अन्य दलित परिवारहरुले उनीहरुलाई साथ दिन सकेनन। मनमा जति पीडा र अक्रोश भएपनी। कथित क्षेत्रीहरुको बलियो पकड थियो , त्यस गाउँमा। मुकदर्शक बने आफ्नो जातिको अपमान बेइज्जत र बिचल्ली हुँदा, गाउँका दलितहरु। बिचरा पिडित परिवार बेइज्जत र यातनाको पीडा बोकेर गाउँबाट बाहिरिए। उनिहरु जाने कता बिलखबन्दमा परे। सदरमुकाम जाने र दलित अगुवाहरुलाई गुहार्नुको बिकल्प थिएन उनीहरुसँग, त्यसै गरे।

सदरमुकाम पुगिसकेपछी दलित अगुवाहरुको पहलमा जिल्ला प्रहरी र जिल्ला प्रसाशन मा उजुरी दिइयो। सिडियो को निर्देशनमा प्रहरीले कार्वाही थाल्यो। पहिले दलित अगुवाहरुसँग छलफल गर्यो। चाडपर्वको बेला गाउँका चार पाँच परिवारका सदस्यहरुलाई गिरफ्तार गरि ल्याए गाउँमा अझ दुई समुदायका बिचमा बैमनस्यता बढ्ला भन्ने पुर्वानुमान लागाइयो। जुन जायज नै महशुस गरियो दुबै पक्षबाट। त्यो विस्थापित परिवारलाई गाउंमा नै पुनर्स्थापित गराउन प्रहरीले उत्तम पहल गर्यो। गाउँमा गई पिडक हरुलाइ गिरफ्तार गर्न आएको तर दलित अगुवाहरुले कसैको चाडपर्व विगार्नु हुदैन भन्ने हाम्रो आग्रहलाई मानविय नाताले स्विकार्नु भएका कारण तपाईहरुलाइ पछि गिरफ्तार गरिनेछ, भन्यो। ती पिडकहरुका नाममा वारेन्ट जारी भैसकेको र सबै पिडकहरुले भाइ टिकाको भोलिपल्ट जिल्ला प्रहरी पुग्नुपर्ने जानकारी गरायो।

प्रहरीले पिडकहरुलाई कानुनी प्रवधान समेत जानकारी गराउने काम गर्यो। पिडकहरु कानुनी प्रकृयाको जटीलता र संभाव्य सजाय देखि भयभित थिए। एफ एम रेडियो र पत्रपत्रीकामा आएको समाचारले नै उनिहरुको सातो भुत्लो उडिसकेको रहेछ। प्रहरीले पिडकहरुलाई तिहार पछि गिरफ्तार गर्ने भएपनी मानसिक रुपमा उनिहरुले प्रहरी हिरासत मै रहेको महसुश गर्नुपर्ने अवस्था सृजना भएको थियो।

पिडक र पिडित पक्ष भाइ टीकाको भोलीपल्ट आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भए। साथमा गैर दलित र दलित अगुवाहरु पनि थिए। दलितहरुले कार्वाही अगाडि बढाउनुपर्छ भन्छन भने एक महिनासम्म थुनेर अनुसंधानात्मक कार्वाही गर्छौं, पछि अदालतले जे गरोस हामीले गर्ने त्यही हो भनिरहेको थियो प्रहरी।

एक दलित नेताले असान्दर्भिक जस्तै लाग्ने प्रश्न पिडक महिलालाई सोध्दै भने– तपाईलाई महिनावारी हुन्छ, ती महिलाले लज्जा र निरिहता मिशृत जवाफमा हुन्छु भनिन। उनले फेरि सोधे त्यतिबेला तपाईंसँग कस्तो व्यवहार हुन्छ । महिलाले जवाफ दिईन् । पानी छुन दिदैनन, घरभित्र पस्न दिदैनन, कसैले बिर्सिएर छोयो भने सुनपानी छर्केर चोख्याउने चलन छ, मन्दिरमा प्रवेश गर्न दिदैनन, पूजा गर्न दिदैनन। त्यस्तो तपाईलाई कति दिनसम्म गर्छन । महिलाको जवाफ थियो पाँच दिन। दलित नेताले सोधे त्यस्तो गर्दा तपाईलाई कस्तो लाग्छ । महिलाले भनिन– धेरै दुःख लाग्छ। अनि दलित नेताले गरम लोहामा हतोडा हानी हाले। भने– तपाईं लाई पाँच दिन सम्म छुवाछुत हुँदा धेरै दुस्ख लाग्यो भने हामी दलितहरुमाथी जन्मेदेखी मरेर खरानी नहुँदासम्म छुवाछुत विभेद अपमान गरिरहनुहुन्छ तपाईहरु। दलितले जिन्दगीभरी छाउपडी भैरहनुको पीडा कति होला कल्पना गर्नुभाछ । ती दलित नेताले त्यस्तो भन्दा उपस्थित सबै गलल हाँसे तर यो भनाईले हाँस्ने र नहाँसेपनी सुन्नेजती सबैलाई गम्भीर र भावुक बनायो।

त्यस्तै एक सत्तरी बर्षिय बृद्ध पनि पिडक थिए, ती दलित महिलालाई अति अश्लिल र आपत्तीजनक शब्दहरुको प्रयोग गरि बेइज्जत र गाली गर्नेमध्ये। दलित नेताको तर्कपूर्ण मार्मिक शब्दले ती वृद्ध पनि अब देखि कहिल्यै जातिय छुवाछुत नगर्ने बरु जातिय छुवाछुत गर्नु अपराध हो। मानिस जातका आधारमा सानो र ठूलो नहुने कानुनका नजरमा सबै नागरिक बराबर हो भन्दै प्रचार गर्छौं भन्नथाले।

दलित अगुवाहरु पिडकरुलाई छोड्नु हुदैन भनिरहेका थिए । कुनै भने गम्भीर देखिन्थे। मौन थिए। किमकर्तव्यविमूढ देखिन्थे। उनीहहरुको भनाई थियो जहाँ गएनी बस्नुपर्ने समाज यहि हो। प्रवृत्ती पनि यहि हो। कति लड्ने । विभेद हटाउनु नै पर्छ। आफ्नै गाउँले र छिमेकी लाई लान्छित गर्नुपर्ने, बिडम्बना गल्ती महशुस गरिएपछी,आइन्दा कहिल्यै जातिय छुवाछुत नगर्ने शर्त राख्दै थिए। अब घटना घटिसकेपछी शर्त मानेपनी नमाने पनि कानुन को पालना हुनुपर्छ भन्ने विचार पनि दह्रो र जायज थियो।

मध्यस्थकर्ताहरु भनिरहेका थिए । जातपात छुवाछुत हाम्रै समाजको उपज हो। पिडित शोसितहरुले सहेकै कारण यो आजसम्म रह्यो।आज हामी सहन्छौं भने हाम्रा सन्ततिहरु पनि यो नियती भोग्न बाध्य हुनेछन। पिडित र पिडक भैरहनुपर्ने ,कलंकको टीका लगाउनुपर्ने यो घृणित कुसंस्कार हामीले निमिट्यान्न गर्नैपर्छ। सहने र अन्यायमा परेकाहरु को मर्म भावनाका बिरुद्ध सम्झौता पनि गरिनु हुदैन।

गाउंघरमा यो घटना पश्चात् जातीय सद्भाव गराउन सक्ने उपाय पहिल्याउन सक्नु वास्तवमा उत्तम कदम हुनसक्थ्यो। ताकी यो निर्णयलाई सबैले गाउँमा स्वागत गर्न सकून। फेरि फेरि यस्ता अमानविय घटना नघटून। मध्यस्थकर्ता र दलित अगुवाहरु सचेत देखिन्थे।

यदि पिडकहरुलाई कार्वाही गरियो भने, पराजित पक्षले अपमान महशुस गर्यो र दुबै समुदायका बिच अझ सम्वादहीनताको स्थिती सृजना भयो भने छुवाछुत त फेरि पनि जस्ताको त्यस्तै रहन्छ भने दुरि बढाउने दण्ड र सजायले सामाजिक सद्भाव कायम राख्न सक्तैन। पहिलो पटकका लागि क्षमा दिनु बेश हो भन्ने बिचार पनि आयो।

पिडित दलित परिवार पनि मर्यादापूर्वक सहज रुपमा गाउँ बस्न पाए मेलमिलापकै पक्षमा देखियो। गाउँमा स्थानिय प्रसाशनले सबै किसिमका विभेद र छुवाछुत का बिरुद्ध जनचेतनामुलक कार्यक्रमको आयोजना गर्ने तय भयो।

         लेखक– नेपाली लेखक संघ कैलाली जिल्ला अध्यक्ष हुन् ।
प्रतिक्रिया दिनुहोस