पहिचा हुन सककेको रोगबाट बाख्रा मर्न थाले « प्रशासन
prasaLogo
२१ पुष २०७३, बिहीबार

पहिचा हुन सककेको रोगबाट बाख्रा मर्न थाले


प्रकाशित मिति : 5 January, 2017 8:03 am

डोटी । पहिचान हुन नसकेको रोगका कारण डोटीको बाँझ ककानी गाविसका किसानका बाख्रा धमाधम मर्न थालेका छन् । स्थानीय बासिन्दाका अनुसार अहिलेसम्म बाझककानी गाविस १ का जंगबहादुर खड्काको मात्रै ३१ बाख्रा मरसिकेका छन् ।

व्यावसायिक रुपमा फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका खड्काको बाख्रा फार्ममा पहिलो पटक मंसिर दोश्रो साताबाट रोग देखा परेको हो । खड्काले दुई वर्ष यतादेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ ।

उहाँले २०७२ मा राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाबाट ७ लाख रुपैयाँ ऋण लिएर बाख्रापालन सुरु गर्नुभएको थियो । बाख्रापालनबाट राम्रो आम्दानी हुने देखिएपछि आफूले यो व्यवसाय रोजेको खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस