Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्थानीय तहको निर्वाचन हुन्छः मन्त्री पाण्डे


२० पुस २०७३, बुधबार


 
पालुङटार (गोरखा) । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आगामी वैशाखको अन्तिमसम्म स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।

पालुङटार नगरपालिकाको आर्थिक वर्ष २०७४-७५ को नीति, कार्यक्रम तथा बजेट मंगलबार सार्वजानिकीकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “संविधानमा उल्लेख भएअनुसार २०७४ माघ ७ सम्म गाउँपालिका, नगरपालिका, प्रदेश र केन्द्रको निर्वाचन गर्ने गरी सरकारले गृहकार्य गरिरहेको छ ।”

स्थानीय तहको निर्वाचन गरेर संविधान कार्यान्वयनमा जाने उहाँको भनाइ छ । संविधानको स्वीकार्यता बढाउन संशोधन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले व्यवस्थापिका–संसद्मा दर्ता भएको संशोधन प्रस्ताव पारित हुने बताउनुभयो ।

उहाँले पालुङटारस्थित विमानस्थल पुनः सञ्चालनमा ल्याउन, पालुङटार, च्याङ्लीटार, रातमाटेलगायत क्षेत्रमा दरौँदी, चेपे वा मस्र्याङ्दी नदीबाट पानी ल्याएर सिँचाइका लागि आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने बताउनुभयो ।

पालुङटारमा ‘स्मार्ट सीटी’ बनाउने गरी अहिलेदेखि नै गुरुयोजना बनाएर विकासका पूर्वाधार खडा गर्नेतर्फ नगरपालिकाले विशेष भूमिका खेल्नुपर्ने र नगरवासीले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा नगरपालिकाका कार्यकारी अधिकृत राकेश गुरुङले आव २०७४-७५ का लागि रु ११ करोड ७१ लाख चार हजार ८०० को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस