Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पाकिस्तान छिमेकीसँगको सम्बन्ध शान्तिपूर्ण बनाउन चाहन्छः सरिफ


२० पुस २०७३, बुधबार


इस्लामाबाद (पाकिस्तान) । भारत र पाकिस्तानबीच सम्बन्धमा चिसोपना देखिरहेका बेला मङ्गलबार पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पाकिस्तानी उच्चपदस्थ अधिकारीको बैठक गरी छिमेकी तथा रणनीतिक साझेदार राष्ट्रसँगको सम्बन्धबारे समीक्षा गर्नुभएको पाकिस्तानले बताएको छ ।

प्रधानमन्त्री सरिफ र पाकिस्तानले यस क्षेत्रका सबै राष्ट्रसँग शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गरेको र उनीहरुसँग मजबुत र परस्पर लाभकारी सम्बन्ध स्थापना गर्न चाहेको पाकिस्तानी सरकारद्वारा जारी एक वक्तव्यमा जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री सरिफले भन्नुभयो, “शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक समान र आर्थिक रुपमा एकीकृत क्षेत्र बनाउने हामीहरुको साझा उद्देश्य रहेको र यस उद्देश्यलाई हृदयङ्गम गरी अघि बढ्न पहल गर्नुपर्छ । शान्ति, प्रगति र समृद्धिका लागि यसप्रति प्रतिबद्ध देखाउन सकेमात्र हाम्रो लक्ष्यमा पुग्न सकिने छ ।”

पाकिस्तानी प्रधानमन्त्रीको यो धारणा पाकिस्तानस्थित आतङ्कवादी समूहले उरीस्थित भारतीय सैन्य शिविरमा गत सेप्टेम्बरमा आक्रमण गरेपछि सम्बन्धमा हदै चिसोपना देखिएका बेला आएको हो ।

सरिफले उक्त अवसरमा चीन–पाकिस्तान आर्थिक मार्ग क्षेत्रीय सम्बन्ध र पारस्परिक समृद्धिका लागि पाकिस्तानको चाहनामा बनेको आधारशीला भएको अवधारणा भएको बताउनुभयो ।

बैठकले अन्तर्राष्ट्रिय सम्बन्धमा देखिने चुनौतीका बीच मुलुकका विभिन्न नीतिगत विकल्पको मूल्याङ्कन पनि गरेको बताइएको छ । बैठक क्षेत्रीय, बाह्य तथा आन्तरिक सुरक्षा अवस्था विषयमा केन्द्रित भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

पाकिस्तानी अर्थमन्त्री इशाक दार, गृहमन्त्री निसार अलि खान, सैनिक प्रमुख कमार जाबेद वाजवा, आईएएआई प्रमुख लगायत उच्च सुरक्षा अधिकारी उपस्थित बैठकले छिमेकी मुलुकसँगको दुईपक्षीय तथा बहुपक्षीय सम्बन्ध र क्षेत्रीय स्थायित्वका लागि आगामी योजना र पारस्परिक हितका लागि सम्बन्ध सुधारलगायतका विषयमा समीक्षा गरेको बताइएको छ । रासस÷पीटीआई

प्रतिक्रिया दिनुहोस