Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उन्नाइस हजार बढीले सम्पत्ति विवरण बुझाएनन्


२० पुस २०७३, बुधबार


काठमाडौँ । उन्नाइस हजार दुई सय १३ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् ।

राष्ट्रिय सतर्कता केन्द्रका अनुसार सम्पति विवरण नबुझाउनेमा ४ हजार ४सय १६ निजामती कर्मचारी, १० हजार २ सय १५ शिक्षक, २ हजार ६ सय १३ सेना, ४ सय २९ प्रहरी र १ हजार ४ सय ७७ अन्य रहेका छन् ।

नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान भए पनि कतिपय निकायका कर्मचारीले अटेर गरेको पाइएको केन्द्रले जनाएको छ । समयभित्रै चार लाख १२ हजार आठ सय एक र समय बितेपछि दुई हजार सात सय दुई जनाले सम्पति विवरण बुझाएको केन्द्रले जनाएको छ ।

यसरी समयमा सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई आवश्यक कारबाहीका लागि सिफारिस गरिने केन्द्रका प्रवक्ता विष्णुराम लामिछानेले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस