Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पुँजीगत खर्च ८० प्रतिशत पुर्याउन निर्देशन


१९ पुस २०७३, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक वर्षको अन्त्यमा कम्तीमा पनि ८० प्रतिशत पुँजीगत खर्च गर्नेगरी काम गर्न निर्देशन दिनुभएको छ ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ३८औँ बैठकलाई सोमवार सम्बोधन गर्दै प्रधानमन्त्रीले आर्थिक बर्ष सुरु हुनुभन्दा ४५ दिनअघि बजेट आए पनि पहिलो चौमासिकमा पुँजीगत खर्च पाँच प्रतिशत मात्र हुनु दुःखद भएको बताउनुभयो। “काठमाडौँ–निजगढ द्रुतमार्ग, बूढीगण्डकी जलविद्युत् आयोजना, पश्चिम सेती र हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषजनक छैनन्, यी आयोजनामा कार्यक्षमताका आधारमा करार सम्झौता गरी कार्यसम्पादन हेरेर दण्ड र पुरस्कारको व्यवस्था गरिनुपर्छ”– प्रधानमन्त्रीले भन्नुभयो।

राष्ट्रिय गौरवका आयोजनाको काम तीव्र गतिमा गर्न र पुँजीगत खर्च बढाउन आफूले अनुगमन सुरु गर्ने बताउँदै उहाँले मन्त्री एवम् सचिवलाई पनि अनुगमन गर्न निर्देश दिनुभयो । विकासनिर्माणका काममा गुणस्तर कायम हुन नसकेको तर्फ सचेत गराउँदै उनले प्राविधिक र स्वास्थ्यका कर्मचारी कम भएको गुनासो सम्बन्धित मन्त्रालयबाट आएकाले केन्द्रभन्दा प्रदेश र स्थानीय तहमा कर्मचारी थप्ने गृहकार्य गर्न निर्देशन दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस