Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कर्म


प्रशासन विशेष ब्युरो

१६ पुस २०७३, शनिबार


हेराई र बुझाई बीचको भेद छुट्टयाउन आँखाले सक्दैन तर मनले ।

चरित्र र व्यक्ति(चित्र दुवैको दृष्य खुट्याउन आँखाले सक्दैन तर मष्तिष्कले ।

उसैउसै मन अस्थिर छ, पटक-पटक ।

लाग्दैछ— जिन्दगी उकालो र ओरालोका दुई गोरेटो बाटो मिलेर बनेको चोक हो । जहाँ अनायासै अलमलिरहेका छन् मोडहरू । अनि, अलमलिरहेका छन् कैयौँ बटुवाहरू ।

०००००

“दाई, यो बाटो कता पुग्छ?”, अपरिचित कसैले सोध्छ ।

“कागत्यानी मन्दिर ? “, म छोटो उत्तर दिन्छु ।

“मान्छे किन अलमलिन्छ ?”, तत्काल आफुले आफैलाई प्रश्न गर्छु ।

भिरबाट भुनभुनाउँदै निस्केका माउरीका हुलहरूलाई सम्झिन पुग्छु । तीनले कहिल्यै नबिर्सिने बाटाहरू सम्झिन्छु । बाटै बिर्सेपनि तीनले कसलाई सोध्दा हुन्रु

म झन्— सोचमग्न हुन्छु ।

विशाल आकाशमा उड्डै गरेका चराहरूलाई सम्झिन पुग्छु र तीनले कहिल्य नविराउने बाटाहरू सम्झिन्छु । मानौँ, हुचिलले बाटो बिर्सिए के गर्लारु कसलाई सोध्लारु

लाग्छ— मान्छेले मात्र किन विराउँछ बाटोरु ठम्याउँनै नसक्ने गरी किन भुल्छ— गन्तव्यरलक्ष्यका बाटाहरू । चाहे ती— हृदयका बाटा हुन् वा पैतलाकारु

उसैउसै अनेकौँ प्रश्नहरूको चाङ्गमाथि पल्टिन्छु । घोत्लिन्छु । डुब्छु । तैरिन्छु । पटक(पटक । र, सोचिरहन्छु चिया दोकानको कुनै कुनातिर चुरोट सल्काउँदै घण्टौँसम्म ।

छेवैमा खैरो बाक्लो ज्याकेटमा टाठिएको एउटा ठिटो ढेस्सिएर बसेको छ । ऊ यो अजिबोगरिब दुनियाँको माकुराका जाला जस्ता तमाम् बाटाहरू भुलेर यहाँ आइपुगेको छ । उसको चुरोट तनाईले त्यसै भन्छ । ऊ यति हतारहतारमा धुवाँ पिइरहेको छ । मानौँ, ऊ हृदय र पैतलाका पीडाहरूलाई धुँवाका कससँगै उडाउन चाहान्छ ।

बस्, यो त चिया दोकानको क्यानभासमा अचानक कोरिन पुगेको एउटा विशुद्ध सोच र दृश्य मात्र हो जुन क्यानभासमा घण्टौँसम्म उसैउसै हराइरहने तमाम् मध्येको एउटा नियमित पात्र म पनि हुँ ।

०००००

उत्तरपट्टीको कुनामा उम्लिरहेको चिया फुत्लुक फुत्लुक चलाउँदै छिन्, दिदी ।

चुरोटको धुँवा उडाउँदै दक्षिणपट्टीबाट म चियाका लामा लामा फुर्को हेरेर रमाइरहेको छु । म दिदी भन्छु । किनकिन मलाई यो शब्द आजभोलि निकै आत्मिय लाग्न थालेको छ । ऊहाँ सबैको दिदी हुनुहुन्छ ।

साउनी भन्न छाडेर जब ६७ वर्षे बुढो २६ वर्षे केटीलाई “दिदी मिठो चिया पिउ” भन्दै आइपुग्छ । यो दृश्य देखेर म अचानक भावुक हुन्छु र झसङ्ग पनि—

“मान्छे पाको र अनुभवी त कर्मले हुने रहेछ, कहाँ उमेर र सोचले मात्र भइन्छ ।”

(यी— भर्खरै मैले “मार्ग दर्शनका” ठुल्ठुला कुरा मनमनै पोखिरहे र मैले जस्तै गरी कैयौ चोकचोकका च्यादोकानमा बेरोजगार सुकरातहरू ठुल्ठुला दर्शन यसैगरी पोखिरहन्छन् ।)

म अचानक आफुले आफैलाई लज्जित ठान्छु । र, अनगिन्ती ठुल्ठुला सोचहरूलाई त्यहि थातिराखेर चियादोकानको वैचारिक क्यानभासबाट फुत्त निस्किन्छु र कसैलाई थाहै नदिई गुपचुप कोठातिर हानिन्छु ।

Tags :
प्रतिक्रिया दिनुहोस