Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन अन्तरिम आदेश


१४ पुस २०७३, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकलाई तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पुस १९ गते दुवै पक्षलाई छलफलका लागि बोलाई त्यति बेलासम्मका लागि सञ्चालक समितिका सदस्यलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

आदेशमा प्राधिकरणका सञ्चालक लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई किन हटाइएको हो सोको कारण देखाउन ऊर्जा मन्त्रालयका नाममा कारण देखाउसहित नहटाउन भनिएको छ ।

प्राधिकरणमा निर्देशक कुलमान घिसिङ नियुक्त भएपछि असहयोग गरेको भन्दै सञ्चालक सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई यही पुस ३ गते बर्खास्त गरिएको थियो । बर्खास्त गरिएका तीन सञ्चालकले हिजो मङ्गलबार आफूहरुको बर्खास्तीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस