Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

फिदिम घोषणापत्र जारी गर्दै राष्ट्रिय अर्गेली सम्मेलन सम्पन्न


१२ पुस २०७३, मंगलबार


पाँचथर। नेपाली हाते कागज र जापानी नोट येन निर्माणमा प्रयोग हुने अर्गेलीको व्यावसायिक उत्पादनमा सामूहिक पहल गर्ने उद्देश्यसहित आयोजित प्रथम राष्ट्रिय अर्गेली सम्मेलन ६ बुँदे फिदिम घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास पहलको आयोजना तथा वन तथा भूसंरक्षण मन्त्रालयको नेतृत्वमा सरोकारवालाको उपस्थितिमा सम्पन्न सम्मेलनले व्यावसायिक अर्गेली खेती विस्तारलाई अभियानको रुपमा सञ्चालन गर्ने घोषणा गरेको हो ।

सम्मेलनले कञ्चनजङ्घा भू–परिधि क्षेत्रभित्रका सामुदायिक वन, कबुलियति वन, सरकारद्वारा व्यवस्थितवन तथा निजी वनमा अर्गेली उत्पादनका लागि सम्बद्ध सबै निकायले पहल गर्ने घोषणा गरेको छ ।

सम्मेलनले कञ्चनजङ्घा भू–परिधि क्षेत्रभित्रका सामुदायिक वन, कबुलियति वन, सरकारद्वारा व्यवस्थितवन तथा निजी वनमा अर्गेली उत्पादनका लागि सम्बद्ध सबै निकायले पहल गर्ने घोषणा गरेको छ ।

यस्तै अर्गेलीको दिगो तथा गुणस्तरीय उत्पादन, प्रशोधन र बजारीकरणका लागि आवश्यक पर्ने ज्ञान, सिप, प्रविधि र स्रोत साधनको विस्तार गर्ने र अर्गेलीबाट उत्पादित कच्चा पदार्थ तथा तयारी वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गरी बजार विस्तार गर्ने निर्णय गरेको छ ।

सरकारी तथा गैरसरकारी निकायको उपस्थितिमा सम्पन्न सम्मेलनले अर्गेलीको ओसारपसार र बजार विस्तारका लागि कानुनी व्यवस्थालाई व्यावहारिक र सरल बनाउन पहल गर्ने निर्णय लिएको छ ।

यस्तै अर्गेलीको उत्पादन, प्रशोधन र बजारीकरणमा सक्रिय व्यक्ति, समुदाय, संस्था र निकायको सञ्जाल निर्माण गरी व्यावसायिक उत्पादनमा सघाउ पु¥याउने घोषणापत्रमा उल्लेख छ । यस्तै अर्गेलीसम्बन्धी सूचना प्रणालीको विकास गर्ने र पाँचथरमा अर्गेली सूचना केन्द्र निर्माण गर्ने घोषणा गरिएको छ । पूर्वी नेपालका विभिन्न जिल्लामा अर्गेलीको उत्पादन हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस