Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उखु खेतीबाट कृषक विस्थापित हुँदै


१० पुस २०७३, आइतबार


पथरी । मोरङको कदमाहाका गणेश रायको परिचय फेरिएको एक वर्ष भयो । कदमाहाकै अभय ऋषिदेवको पनि दैनिकि बदलिएको एक वर्ष पुग्यो । अहिले ऋषिदेव र रायको दैनिकी बदलिनुका साथै पेसा पनि बदलिएको छ ।

उहाँहरु एक वर्षअघि सम्म आफ्नो परिचय कृषक भनेर दिनुहुन्थ्यो भने अहिले व्यवसायी । कदमाहाका राय मात्रै होइन केही वर्षयता मोरङका धेरै व्यक्ति कृषकबाट व्यापारी र मजदुर भएका छन् । कोही वैदेशिक रोजगारीका लागि कतार, साउदी अरब, ओमान, दुवइ, मलेसिया, बराइन, गएका छन् । कदमाहाका गणेश रायले चार बिघा जग्गा ठेक्का लिएर विगत १० वर्षदेखि उखु लगाउँदै आउनुभएको थियो ।

उहाँले लागतअनुसार उखुको मूल्य नपाएपछि उखु खेती छाड्दै गएको बताउनुभयो । एक वर्ष मिहेनत गरेर उत्पादन गरेको उखुको मूल्य आफ्नो हातमा नहुने उहाँको भनाइ छ । उहाँ मात्र होइन अर्का उखु कृषक अभय भन्नुहुन्छ, “उखु खेती गर्नुभन्दा व्यापार–व्यवसाय गर्नै फाइदा छ ।” मोरङ बबियाविर्ताका बलबहादुर चौधरीले पनि उखु खेतीको क्षेत्रफल घटाउँदै लानुभएको छ । ६ बिघाबाट घटाएर दुई बिघामा झार्नुभएको छ ।

उखु खेतीबाट जीविका नचल्ने देखेपछि चौधरीले छोरा विजयलाई नौ महिनाअघि वैदेशिक रोजगारीमा पठाउनुभयो । उहाँ भन्नुहुन्छ, “लगानी नउठ्ने भएपछि खेती गरेर फाइदा छैन ।” उहाँभन्नु हुन्छ, “उखु समयमा बिक्री नहुँदा तौल घटेर घाटा हुन्छ । यो जिल्लाका बहुसङ्ख्यक कृषक उखुखेतीबाट विस्थापित हुन थालेका छन् । सुनसरीको अमाहीबेल्हास्थित इस्टर्न सुगर मिलले समयमै भुक्तानी नदिँदा कृषक थप निराश बनेका हुन् । इस्टन सुगर मिलका आर्थिक प्रशासन शाखाका प्रमुख राजुमोहन गुप्ताका अनुसार मिलले गत वर्षकै करिब १९ करोड रुपैयाँ कृषकलाई भुक्तानी गर्न बाँकी रहेको स्वीकार गरेको छ ।

उखु किसानलाई बैंकको ब्याज, मजदुर, मलखाद, ढुवानी, इन्धनलगायत खर्च जोड्दा कृषकलाई उल्टै घाटा देखिएको छ । कृषक राजन श्रेष्ठ भन्नु हुन्छ, “डुब्नका लागि खेती गर्न सक्ने अवस्था रहेन ।” देवानगन्जका सुरेन्द्र यादव भन्नुहुन्छ, “प्रतिबिघा ८० देखि ९० हजार रुपैयाँसम्म लगानी हुन्छ ।” मिलले गत वर्ष प्रतिक्विन्टल चार सय ६१ रुपैयाँका दरले किसानबाट उखु किनेको थियो । सुनसरी, मोरङ, झपामा गरेर ६ हजारभन्दा बढी कृषक उखु खेतीमा आबद्ध रहेको पूर्वक्षेत्रीय कृषि निर्देशनालयको तथ्याङमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस