सुशान्तको उपचारका लागि तीन लाख सहयोग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुशान्तको उपचारका लागि तीन लाख सहयोग


१० पुस २०७३, आइतबार


इलाम । मुटु र शरीर सुन्निएर अस्पतालको शैय्यामा छटपटाइरहेका इलाम गोलाखर्कका १० वर्षीय सुशान्त तामाङलाई कोरियामा बस्ने नेपालीले तीन लाख रूपैयाँ सहयोग गरेका छन् ।

इलाम सूर्योदय सेवा समाज दक्षिण कोरियाद्वारा काठमाडौँको टिचिङ अस्पतालमा उपचाररत सुशान्तकी आमा याममायालाई उक्त सहयोग हस्तान्तरण गरिएको समाजका अध्यक्ष हरिप्रसाद खनालले जानकारी दिनुभयो ।

समाजले यसअघि ताप्लेजुङका आगलागी पीडित र दोलखाका भूकम्पपीडितलाई समेत करिब रु. तीन लाख बराबरको राहत वितरण गरिसकेको छ ।  रासस

प्रतिक्रिया दिनुहोस