दशौँ हिसान कास्की स्पोर्टस मिट सुरु « प्रशासन
prasaLogo
१७ श्रावण २०७८, आइतबार
   

दशौँ हिसान कास्की स्पोर्टस मिट सुरु


९ पुस २०७३, शनिबार


पोखरा । उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल ९हिसान० कास्कीद्वारा आयोजित दशौँ हिसान कास्की स्पोर्टस मिट शुक्रबारदेखि पोखरा रङ्गशालामा औपचारिक रुपमा सुरु भएको छ ।

प्रतियोगिताअन्तर्गत छात्रछात्रा बास्केटबल र भलिबल हुने छन् भने टेबुल टेनिसका खेल सम्पन्न भइसकेका छन् । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले एकापसमा भावनात्मक सम्बन्ध जोड्ने बताउनुभयो ।

हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले सरकारले ल्याएको शिक्षा नियमावलीका केही बुँदा हिसानका लागि मान्य नहुने बताउनुभयो ।

प्रतियोगिता आज पनि जारी रहने भलिबल प्रतियोगिताका संयोजक दिवाकर जैशीले बताउनुभयो । प्रतियोगिता यही पुस ११ गतेसम्म सञ्चालन हुनेछ । हिसान कास्कीमा ४७ उच्च माविका छ हजार विद्यार्थी आबद्ध छन् । रासस

प्रतिक्रिया दिनुहोस