गजल « प्रशासन
prasaLogo
२ पुष २०७३, शनिबार

गजल


प्रकाशित मिति : 17 December, 2016 6:17 am

गजल

यो कस्तो बोलि हो ? छाँटेकाे देखियो
ढाँट्दिन शब्द नै, ढाँटेकाे देखियो ।

गर्दिन नै भन्थे, कसैको गुलामी
के गर्थे गुलामी, चाटेकाे देखियो ।

स्वर्गको बखान, जो गर्छ उसैले
मठ मन्दिर बेच्न, आँटेकाे देखियो ।

के धाउनु अदालत ? न्याय माग्नलाई
पैसासँग कानुन, साँटेको देखियो ।

जो गर्छ उपचार, मुटु कलेजोको
उसैको मुटु पो, फाटेकाे देखियो ।

स्वाभिमानको नारा, जो गाउँछ उसैले
देशको सिमाना, काटेकाे देखियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस