डिग्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डिग्री


प्रशासन विशेष ब्युरो

१८ मंसिर २०७३, शनिबार


शिक्षा जीवनको सार हो“, बकाइनाको सिर्कनाले तर्साउदै सरले सबैलाई रटाए ।

मैले कुनापट्टीबाट चिम्सो आँखा तन्काउदै बोर्डमा लेखेको बाङ्गाटिङ्गा अक्षर सानो स्वरमा सुस्तरी पढे ।

सर चिच्याउँदै हुनुहुन्थ्यो—

“हो, शिक्षा जीवनको आधार हो र हौँ तिमीहरू आधार यो देशको र भविष्यको ।”

पढाइको निर्धो फुच्चे, एकाएक काला दात देखाउँदै ङिच्च हास्यो ।

म पनि फिस्स मुस्कुराए उसका काला दात देखेर ।

पछाडिबाट कोट्याउँदै मसिनो स्वरमा उसले अचानक जटिल प्रश्न गर्यो—

“देश र भविष्यको आधार हामी कसरी भयौँ रु शिक्षा जीवनको सार कसरी भयो ?”

फुच्चेको अप्रत्यासित प्रश्न सुनेर म निकैबेर ट्वा भए ।

मलाई न फुच्चेको प्रश्नको उत्तर आउथ्यो । न “शिक्षा जीवनको सार हो, होइन,” थाहा थियो ।

मलाइ यत्ति थाहा थियो—
वाल्यावस्थामा स्कुलमा सबैभन्दा बढी मिल्ने साथि भने ऊ पक्कै थियो ।
०००००

२५ वर्ष पछि।।।

मैले व्यवस्थापनमा डिग्री पास गरे ।

फुच्चेले खाडीमुलुकबाट अनगिन्ती भोइगाइ र बुझाइहरूले जिन्दगी, समाज र देशलाई हेर्ने व्यवहारिक सोचमा पास गर्यो ।

विश्वविध्यालयले मेरो हातमा सर्टिफिकेट थमाइदियो ।

कम्पनीले उसको हातमा थोपाथोपा पसिनाको पैसा थमाइदियो । देशले परदेशीनुको अर्थ ।

ऊ विदेशबाट फर्किएर गाउँमै बाख्रापालन गर्दै छ । पुराना विर्सिएका मठमन्दिर मर्मत गर्दै छ । भत्किएका पाटी, पौवा र चौताराहरू बनाउँदै छ । मर्मत गर्दै छ— उसैउसै पुरिएका कुवाँ, धाराहरू ।

ूहामीले गाउँमै केहि पौरख गर्नुपर्छू, ऊ गाउमै केहि गर्न सकिने सपना युवाहरूलाइ देखाउँदै छ ।

सुन्दैछु— “ऊ खाडीमुलुकबाट भोगाइ र बुझाइका अनगिन्ती डिग्री लिएर फर्केको छ ।”
०००००

म शहरमा छु । पढ्दै छु । वर्षमा एक(दुइपटक गाउ जान्छु । सरर एकपटक गाउ डुल्छु अनि फर्किन्छु ।

शहरको दैनिकी उस्तै पुरानो छ, विर्सिएका पुराना गाउँका पुराना दुःखका कथा जस्ता ।

डिग्री हातमा लिएर भौतारिएका हज्जारौँ युवाहरूको दुर्दशा चोकचोकमा छ । म उसैउसै रूमल्लिरहेको छु, यतैकतै विर्सिएका पुराना गल्लिहरू झैँ ।

“डिग्री बिक्रीमा,” कसैले कतै इन्जिनियरको डिग्री (सर्टिफिकेट) बिक्रीमा राखेको सुनेको थिए । देशको स्थिति देख्दा साच्चै हो कि झै मनमा पर्छ ।

खैर नहुन पनि सक्छ तर वास्तविकता त्यस्तै छ ।

चोकचोकका च्यादोकानहरूमा वेरोजगार अनुहारहरू अक्षरको बिल्ला चुरोटको धुवासँगै उडाइरहेका छन् । र, उडाइरहेका छन्— डिग्री जिन्दगी ।

कैयौ डिग्रीहोल्डरहरू खाडीमा जान बाध्य हुँदैछन, गइरहेका छन् ।

म पनि त एकदिन जान बाध्य हुनेछु । गर्व त मलाई पनि छैन् डिग्री पास गरेकोमा ।

हिजो भर्खर ४१ औँ दिक्षान्त समारोहमा स्कार्फमा फोटो खिचाए । फेसबुकमा राखे । बाधाइ ओइरियो ।

“बाआमा गाउतिर धन्य भए रे”, फोनमा कसैले सुनायो । तर, म मनमनै धन्य हुन सकिन ।

बाुले गाउँबाट बुझेको डिग्री र मैले शहरमा बुझेको डिग्रीको यथार्थ फरक छ ।

डिग्री पास गरेर मैले अक्षर चिने । आफ्नै देश चिन्न सकिन । देशले पनि कहाँ चिन्न सक्यो र मलाइ रु

देशमा रोजगारीको अवसर छैन । पेट्रोल छैन । ग्यास छैन । हरेकथोकको हाहाकार छ । वर्तमान र भविष्य दुवै अन्धकार छ ।
०००००

उबेला बाले थोरै पढे । तर, धेरै पढे— भोगाइहरू ।

गाउँले जीवन पढे । र, पढे— पाखापखेराका जिन्दगीहरू ।

आमाले चुलोचौका पढ्नुभयो । गाइगोठमा भैसी, गाइबाख्राहरूको संगत पढ्नुभयो । गाउले भोगाइहरू पढ्नुभयो । र, जिन्दगीको अर्थ घाँस दाउरामा देख्नुभयो र उसैगरी बुझ्नुभयो ।

बा(आमाले उसैगरी उस्तै गाउले जीवन पढाउन चाहनु भएन । र, मलाइ पढ्न पठाए शहर ।

मैले शहरबाट “क,ख,ग….” र “A,B,C….” पढे । देश पढिन । इतिहास पढिन । गाउँ पढिन । बा(आमाको भोगाइहरू पढिन ।

मैले सगरमाथाको उचाइ पढे । बुझाइको उचाइ पढिन । अक्षरको सार पढिन । सीप सिकेर गर्ने अवसर पढिन ।

गौतम बुद्ध जन्मेको थाहा पाए ।

थाहा पाए— पृथ्वीनारायण शाहाको बहादुरी । थाहा पाए— ऐतिहासिक मठमन्दिर र दरबारहरू । लुम्बिनी थाहा पाए । हिसाब थाहा पाए । अंग्रेजी थाहा पाए । साहित्य र विज्ञान पनि थाहा पाए । तर, कहिल्यै थाहा पाइन—गाउका पुराना ती विर्सिएका मन्दिरहरू । मेरै बा(आमाको गरिबी । र, कहिल्यै थाहा पाइन दुर्गमका दुःखहरू ।

मलाइ पढाइएन— गाउले जीवनका व्यथाहरू । नेपाली गरिब हुनाको कारण । नेपालीहरू परदेशिनुको कारण । नेपालमै सम्पदा, संस्कृति, प्रकृतिको सम्भावना, व्यवसायिकता र व्यापार ।

अरू नै पढाइरहे । मैले पढिरहे— “सिकेका ज्ञानहरू कसैले खोस्न सक्दैनन् ।” र त मैले ज्ञानका अक्षरहरू चिनिरहे, सिकिरहे र पढिरहे ।

मैले कहिल्य सिक्ने यत्न गरिन पुस्तका अक्षर बाहेकको समाज ।

मैले कहिल्य सिक्नै पाइन— सिपमुलक शिक्षा, विषयगत सार र जिवन भोगाइका अर्थ ।

बस्— मैले त भविष्य बनाउने तरिका २४ घण्टा रटिरहे ।

उसैगरी भविष्य कै लागि फुच्चेले पनि खाडीमुलुकमा शरिर घोटिरह्यो ।

हो— आज उसले भोगाइ र बुझाइको डिग्री बोकेर बनाउँदै छ रे विर्सिएको पुरानो आफ्नै गाँउ ।

यसै साल मैले पनि त विश्वविध्यालयबाट डिग्री पास गरे ।

हो, बा मैले डिग्री गरे । अब, केहि दिनपछि म भने खाडीमुलुक जादैछु।।।

Tags :
प्रतिक्रिया दिनुहोस