कुन शैतानको आँखा लाग्यो दत्तात्रयको मूर्तिमा ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कुन शैतानको आँखा लाग्यो दत्तात्रयको मूर्तिमा ?


प्रशासन विशेष ब्युरो

१२ मंसिर २०७३, आइतबार


दिनांक: २०७३ मंसिर १० गते शनिवार ।
समय: मध्यरात ।
स्थान: जुम्ला जिल्लाको खलंगास्थित मन्दिर परिसर ।

नहुनु पर्ने जे थियो, आखिर भैदियो त्यही ।

चोरी भयो हजुर चोरी !  मूर्ति चोरी !

त्यो पनि दत्तात्रयको ऐतिहासिक मूर्ति ! परापूर्वकालदेखिको प्राचिन ऐतिहासिक अध्यात्मिक तथा धार्मिक महत्वको दुर्लभ मूर्ति जो थियो दत्तात्रयको त्यही चोरियो ।

mandir-ad-1

फगत एक धातुको मूर्ति मात्रै थिएन त्यो चोरिएको दत्तात्रयको मूर्ति । ढुंगा वा धातुको कुनै जिनिश मात्रै हराएको भए मन दुख्ने थिएन, स्थानीय जनको । तर उनीहरुको एक आस्थाको धरोहर, विश्वासको प्रतिमूर्ति, ईतिहासको चिनो र सबैको साझा छाता नै चोरिएको छ ।

b

एक वा दुुई थान मात्रै हैन, धेरै अन्य २८ मूर्तिहरु पनि चोरिएका छन । एउटा धार्मिक स्वर्गभुमिलाई उजाड, उजाड पारिएको छ । अनि त मनै रोएका स्थानीय जनता आक्रोशित छन् । दुखीत र चिन्तित छन । निशव्दताकाबीच उनीहरु केवल आक्रोश मात्रै पोखिरहेका छन् ।
d

 

धार्मिक भुमिमा को शैतानको आखाँ लाग्यो कुन्नी ? अहिले त्यही शैतानको खोजीका लागि स्थानीय प्रशासनसंग जोडदार हार गुहार मागिरहेका छन् स्थानीय खलंगावासी ।
chandan-nath-mandir-tour-2067-194

खलंगावासीका मात्रै होईन सिंगै जुम्लाको धार्मिक सभ्यतामाथिको यो अप्रत्याशित हमलाको पीडामा, प्रहारमा सबैलाई चकित पारेको छ त्यो बैरी चोरले । रहस्यमयी छ चोरी । त्यो मन्दिर ईलाका सधै कडा सुरक्षा घेरामा हुन्थ्यो । सधै सुरक्षा दस्ताको निगरानी रहने मन्दिर परिसर रित्तै पारेर चार्ने कुन जादुमयी चोर वा चोरी गिरोह थियो ? अति नै आश्चर्यचकित र रहस्यमय रुपमा स्थानीयलाई स्तब्ध पार्ने यही हो मुख्य कडी ।
a
सुरक्षा तैनाथीका बीच जुम्लाको चन्दननाथ मन्दिरबाट दत्तात्रय सहित दुई दर्जन बढी मूर्ति चोरी हुनु असामान्य र अपत्यारिलो यथार्थ भएपछि स्थानीय अधिकारीहरुले सर्वदलीय वैठक गरेर घटनाको सत्य तथ्य पत्ता लाउन लागिरहेका छन् । यो मृत्यूपछिको डाक्टर भने जस्तै प्रयास भए पनि सराहनिय छ ।

कर्णाली अञ्चलकै धरोहरका रुपमा लिइने चन्दननाथ मन्दिरबाट ऐतिहासिक मुर्तिहरु चोरी हुनु नै खतरनाक आक्रमण हो । यस्तो चोरी प्रवृत्ति त्यहाँ कसरी पुग्यो ? कुन गिरोहले त्यो विकट भूगोलको सम्पदामा धावा बोल्यो ? के अब मूर्ति चोरीको गिरोहबाट हाम्रा दुरदराजका धार्मिक सम्पदाहरु सुरक्षित छैनन् त ? स्थानीय मात्रै होईन सबै मानिसमा यस्ता गहिरा प्रश्नहरुले चिमोटीरहेकाछन् ।

i

चोरीको यो दुखद घडीमा दत्तात्रयको करिब ३ फिट अग्लो मुत्र्ति सहित अन्य २ दर्जन मुर्तिहरु चोरी भएकाृमा मात्रै होईन चोरी गर्ने गिरोहको दवदवा यस्ता सुरक्षित र दुरदराजका मन्दिरसम्म फैलनु सबैलाई अति चकित पार्ने भवितव्य हुन् । भक्तजन लगायत सदरमुकाम आसपासका स्थानीयबासिन्दाहरु चन्दननाथ मन्दिर पुनः भेट्न सक्लान् वा नसक्लान् ? तर परमेश्वरसंग सबैको कामना त्यही हो, चोर समातियोस्, मूर्ति भेटियोस् ।

प्रतिक्रिया दिनुहोस