Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

डोनाल्ड ट्रम्पले विज्ञापन र प्रचारप्रसारमा खर्च ह्वात्तै बढाउने


प्रशासन संवाददाता

१८ कार्तिक २०७३, बिहिबार


संयुक्त राज्य अमेरिका(एजेन्सी) । निर्वाचन अभियानका पछिल्ला दिनहरुमा केही शिथिल हुँदै गएका उम्मेदवार डोनाल्ड ट्रम्पले विज्ञापन र प्रचारप्रसारमा खर्च ह्वात्तै बढाउने भएका छन् ।

उनले डेमोक्र्याटिक पार्टीप्रति झुकाव राख्ने राज्यहरुका जनताको मत तान्ने वा क्लिन्टनको भोट काट्ने प्रयास स्वरुप मिसिगन र न्यु मेक्सिकोमा तत्कालै यस्तो गर्ने निधो गरेका हुन् ।

निर्वाचनको तिथिमिति नजिकिँदै जाँदा कार्यकर्ताहरुबीच थप उर्जा तथा उत्साह सञ्चारित गर्न हाल चर्चामा रहेको, विपक्षी हिलारी क्लिन्टनको “इमेल प्रकरण” लाई ट्रम्पले उछालिरहेका जनाइएको छ ।

साथै, मिसिगन, न्यु मेक्सिकोमा लगायत डेमोक्र्याटिक पार्टीप्रति झुकाव राख्ने ११ राज्यहरुमा निर्वाचनपूर्वको अन्तिम दिनसम्ममा बिज्ञापन तथा प्रचारप्रसार कार्य र सामाग्रीमा दुई करोड पचास लाख अमेरिकी डलर खर्च गरिने बताएका छन् ।

उनले गतः अगस्ट महिनाको अन्त्यतिरदेखि सेप्टेम्बरको शुरुशुरु मै मिसिगन राज्यमा मात्र करिब पाँचलाख अमेरिकी डलर बिज्ञापनमा खर्च गरिसके ।

सन् १९८८ देखि नै मिसिगन राज्यले रिपब्लिकन उम्मेदबारलाई बहूमत दिएर जिताएको छैन । त्यस्तै, सन् २००८ र २०१२ को निर्वाचनमा दुबै पटक वर्तमान राष्ट्रपति बाराक ओबामाले न्यु मेक्सिको राज्यबाट अत्यधिक बहूमत प्राप्त गरेका थिए ।

ट्रम्पले निर्वाचनमा विजयी हुनका लागि “राष्ट्रपति पदका लागि मात्र दिन पाइने मत” ९इलेक्टोरल भोट० को उल्लेख्य अंश डेमोक्र्याटिक पार्टीको परम्परागत गढबाट नहत्याइ हुँदैन । तर, निर्वाचनपूर्वका सर्वेक्षण र प्रारम्भिक अनुमानले देखाए अनुसार यो कार्य अत्यन्तै कठीन छ ।

प्रतिक्रिया दिनुहोस