३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तर कोरियाली नेताले भने– क्षेप्यास्त्र परीक्षणमा ठूलो सफलता

अ+ अ-

सोल, ९ भदौ । उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाले बुधबार गरेको क्षेप्यास्त्र परीक्षण एक ठूलो सफलता भएको जानकारी दिनुभएको छ ।

उहाँले बुधबार भन्नुभयो– उत्तर कोरियाले बुधबार गरेको सो क्षेप्यास्त्र परीक्षण ठूलो सफलता हो ।

बुधबारको सो परीक्षणको सफलताले अब उत्तर कोरियाको क्षेप्यास्त्रको तारो अमेरिका र दक्षिण कोरिया भएको आसय पनि उहाँले व्यक्त गर्नुभएको उत्तर कोरियाली समाचार समिति केसीएनएले जनाएको छ ।

उत्तर कोरियाले बुधबार यस्तो क्षेप्यास्त्र देशको उत्तरी बन्दरगाह सिन्पोमा गरेको थियो । सो जानकारी यसअघि नै दक्षिण कोरियाको सैनिकले पनि दिएको थियो ।

देशको उत्तरतर्फको समुद्री किनारबाट गएको सो क्षेप्यास्त्र जापानतर्फ लागेको थियो । सो क्षेप्यास्त्रले कम्तीमा पनि ५०० किलोमिटरको दुरी तय गरेको जानकारी पनि गराइएको थियो ।

उक्त परीक्षणपछि बुधबार नै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक बसेको थियो । उक्त बैठकले उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको यस्तो प्रचारात्मक र उत्तेजक व्यवहार कारबाहीको दायरामा पर्नुपर्नेमा जोड दिएको थियो ।

सुरक्षा परिषद्को सो बैठकले उत्तर कोरियाको सो कदमको निन्दा गरेको छ । यस्तो कार्यलाई उत्तर कोरियाली नेताले सफलताको रूपमा प्रचार गर्नु दुःखद भएको पनि उक्त परिषद्ले जनाएको छ ।

यसै महिनाको सुरुमा पनि उत्तर कोरियाले जापानी भूभागको समुद्रमा पर्नेगरी यस्तै क्षेप्यास्त्र हानेको थियो । त्यसपछि लगत्तै जपानलगायत विश्व समुदायले सो घटनाको निन्दा गरेका थिए ।

यसअघि पनि उत्तर कोरियाले गत महिनामात्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर क्षेप्यास्त्र छोडेको थियो । सो परीक्षणको सर्वत्र विरोध भएको थियो ।

गएको करिब वर्ष दिनसम्म नै उत्तरका क्रियाकलापहरू निकै आक्रामक र उत्तेजक देखिएकाले फेरि पनि अर्काे परीक्षणको तयारी भएको पाइएको समाचारमा जनाइएको थियो । उसले बुधबार बिहान अकस्मात यो क्षेप्यास्त्र परीक्षण गरेको छ ।

दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको छ । उत्तर कोरियाको यो परीक्षणका विरुद्धमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले दक्षिण कोरियाली भूभागमा प्रतिरक्षात्मक प्रणाली जडान गरेका छन् ।

उत्तर कोरियाले त्यस प्रणालीको कडा शब्दमा विरोध गरेको छ । उत्तरले त्यस्तो प्रणाली दक्षिण कोरिया र अमेरिका मिलेर जडान गरेकोले आपूmले त्यस प्रणालीलाई भौतिक कारबाही गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस