प्रधानमन्त्रीको शपथ बिहीबार अपराह्न « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीको शपथ बिहीबार अपराह्न


प्रशासन संवाददाता

२० श्रावण २०७३, बिहिबार


काठमाडौँ, १९ साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको पद तथा गोपनीयताको शपथ बिहीबार गराउने तयारी गरिएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भोलि अपराह्न ३ बजे आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ माधव शर्माले जानकारी दिए ।

व्यवस्थापिका–संसद्मा आज भएको निर्वाचनमा नेकपा माओवादी केन्द्र का अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस