१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

स्थापना: सन् २०३५

पदाधिकारी

बद्री प्रसाद पाण्डे

माननीय मन्त्री

अरुणकुमार चौधरी

माननीय राज्यमन्त्री

बिनोद प्रकाश सिंह

सचिव

रामकृष्ण लामिछाने

सहसचिव/ प्रवक्ता

परिचय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल सरकाररको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन सम्बन्धी कार्यहरू गर्ने सर्वोच्च निकाय हो। विभिन्न समयमा विभिन्न मन्त्रालय अन्तर्गत रहेका विभागहरूलाई मिलाएर यो मन्त्रालय अस्तित्वमा आएको हो। नेपालमा पर्यटन उद्योगको विकासमा नेतृत्व गर्नु, सांस्कृतिक धरोहरहरूको संरक्षण र प्रचारप्रसार गर्नु तथा हवाई सेवाको प्रवर्द्धन गर्नु यसको प्रमुख कार्यहरू हुन्।

सेवाहरू
  • संस्कृतिपर्यटन तथा नागरिक उड्‍डयन सम्बन्‍धी संघीय नीतियोजनाको तर्जुमा, मापदण्ड र नियमन सम्बन्धी कार्य ।
  • संस्कृतिपर्यटन तथा नागरिक उड्‍डयन सम्बन्धी विकास योजना तथा कार्यक्रमहरुको विश्‍लेषण, छनौट, कार्यान्वयन र अनुगमन तथा मूल्यांकन सम्बन्धी कार्य ।
  • पर्यटन विकास सम्बन्धी पूर्वाधारहरुको विकास गर्न आवश्यक योजनाहरु कार्यान्वयन सम्बन्धी कार्य ।
  • मन्त्रालय र अर्न्तर्गतका निकायहरुको बजेट तथा कार्यक्रम तर्जुमाचौमासिक विभाजन सहितको कार्यक्रम स्वीकृति ।
  • वैदेशिक सहायता र आन्तरिक स्रोतबाट संचालित आयोजनाहरुको निरीक्षणअनुगमन तथा मूल्यांकन सम्बन्धी कार्य।
  • पर्यटन व्यवसाय सम्बन्धी कार्यको अनुगमन तथा सुपरिवेक्षण सम्बन्धी कार्य ।
  • पर्यटन सम्बन्धी सम्भाव्यता अध्ययनअनुसन्धानपर्यटकीय स्थलहरुको खोजीसूचना संकलनडकुमेन्टेसन र प्रकाशन सम्बन्धी कार्य ।
  • पर्यटन प्रबर्द्धनका लागि सरकारीगैरसरकारीएवं स्थानीय निकायहरुसँग समन्वय र सहकार्य सम्बन्धी कार्य ।
  • पर्यटन प्रवर्द्धनका लागि अन्तराष्ट्रिय जगतसँग सम्पर्क र समन्वय गर्ने कार्य।
  • पर्यटन क्षेत्रको लागि आवश्यक पुर्वाधार विकास गर्ने सम्बन्धमा सरकारीगैरसरकारीएवं स्थानीय तहहरुसँग समन्वय सम्बन्धी कार्य ।
  • पर्यटन विषयक सम्झौताहरु सम्बन्धी कार्य ।
  • पर्यटन सम्बद्ध तथ्याङ्कहरुको संकलन, विश्लेषण र प्रवर्द्धन सम्बन्धी कार्य।
  • नागरिक उड्डयन व्यवसाय तथा पेशाविद्हरुको स्तर निर्धारण र नियमन सम्बन्धी कार्य।
  • वायुयान निर्माण तथा डिजाइन, संचालन र मर्मत सम्भार, विमानस्थल निर्माण तथा संचालन, एयर नेभिगेसन सेवा तथा उड्डयन तालिम संस्था आदिको मापदण्ड र नियमन सम्बन्धी कार्य।
  • हवाइ भाडा,  विमानस्थल शुल्क, एयर नेभिगेशन सेवा शुल्क र नियमन सम्बन्धी कार्य।
  • वायुसेवा कार्यसंचालन सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन सम्बन्धी कार्य।
  • हवाइ सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय संगठनबाट प्रतिपादित स्तर, मापदण्ड, मार्गदर्शन कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
  • एयरनेभिगेसन र एयर ट्राफिक सेवा नियमन सम्बन्धी कार्य।
  • उड्डयन सेवाको लागि मौसम सम्बन्धी सूचना सेवा।
  • उड्डयन खोज तथा उद्धार कार्यमा सहयोग समन्वय तथा वायुयान दुर्घटना जाँच सम्बन्धी कार्य।
  • अन्तर्राष्ट्रिय, क्षेत्रीय र आन्तरिक विमानस्थल निर्माण, सञ्चालन र व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड र नियमन सम्बन्धी कार्य।
  • विभिन्‍न मुलुकहरुसँग हवाईसेवा सम्झौता वार्ता र हवाई सम्झौता सम्बन्धी कार्य ।
  • नागरिक उड्डयन सम्बन्धी अन्तर्राष्ट्रिय संघसंस्थासंगठनसँग सम्पर्कसहभागिता र ती संगठनबाट पारित महासन्धी/प्रोटोकलहरुको अनुमोदन सम्बन्धी कार्य ।
  • वायुसेवाहरुलाई सेवा संचालन अनुमति सम्बन्धी कार्य ।
  • निषेधित क्षेत्रमा हवाई उडान र अवतरणको सिफारिश सम्बन्धी कार्य ।
  • मौजुदा हवाई रुट र नयाँ स्थापना हुने रुटहरुमा एयर नेभिगेशन सुविधाहरुको पहिचानसमन्वय र निर्णय सम्बन्धी कार्य ।
  • भाषा, कला, साहित्य र संस्कृति सम्बद्ध आयोग, कोष, विकास समिति, प्रतिष्ठन, परिषद्हरु  सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन सम्बन्धी कार्य।
  • विभिन्न धर्म, जातजाती, सम्प्रदाय, भाषाभाषिकाको साहित्य, संगीत, लिपी, कला, संस्कृति र चलचित्रको संरक्षण तथा विकास सम्बन्धी नीति, कानून र मापदण्ड सम्बन्धी कार्य।
  • प्रतिलिपी अधिकार सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
  • संग्रहालय र अभिलेखालय सुढृढीकरण सम्बन्धी नीतियोजना र कार्यक्रमको तर्जुमा एवं कार्यान्वयन सम्बन्धी कार्य।
  • अमूर्त साँस्कृतिक सम्पदाको खोज, अध्ययन, संरक्षण, प्रबर्द्धन, सूचीकरण सम्बन्धी कार्य।
  • संस्कृतिसँग सम्बद्ध विभिन्‍न समूह, गुठी संघ संस्थाहरुलाई आवश्यक सहयोग तथा समन्वय सम्बन्धी  कार्य ।
  • संस्कृति तथा पुरातत्व सम्बन्धी अन्तर्राष्ट्रिय संघ संस्थासंग सन्धि सम्झौता सम्बन्धमा सम्पर्क र समन्वय गर्ने कार्य।
  • मन्त्रालयविभाग वा अर्न्तर्गतका कार्यालयहरुको लागि आवश्यक जनशक्तिको व्यवस्थापन सम्बन्धी कार्य ।
  • मन्त्रालयअर्न्तगतका निकायहरुको पदपूर्तिका लागि नियुक्ति तथा पदस्थापनासरुवाबढुवाराजिनामा तथा बिभागीय कारबाही सम्बन्धी कार्य ।
  • कार्य सम्पादन मूल्यांकन र प्रोत्साही पुरस्कार सम्बन्धी कार्य ।
  • नेपाल इञ्‍जिनियरिङ्ग सेवा अर्न्तर्गत पर्ने एरोनटिकल इञ्‍जिनियरिङ्ग समूह र सिभिल एभिएशन अपरेशन इञ्‍जिनियरिङ्ग समूहको कर्मचारी प्रशासन सम्बन्धी कार्य।
  • आर्थिक प्रशासन सम्बन्धी कार्य।
  • आवश्यकतानुसार ऐननियमगठन (आदेश)सम्झौता तयार गर्ने सम्बन्धी कार्य ।