२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सालको पातका २ करोड ‘भ्युअर्स’

अ+ अ-

बागलुङ । लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा २ करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर ४ महीना नपुग्दै २ करोड बढी दर्शक पाएको हो ।

नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । यिनै ४ सर्जक, कलाकार मिलेर विसं २०६८ मा ल्याएको लोकदोहोरी गीत ‘डाँडै फुर्के सल्लो’ पनि त्यसताका निकै चर्चित बनेको थियो ।

‘सालको पातको टपरी हुनी’ छोटो अवधिमा युट्युबमा धेरै हेरिएको लोकदोहोरी गीत हो । युट्युब बाहिर पनि गीतको लोकप्रियता उत्तिकै बढेको छ । रचना, स्वर र सङ्गीत तीनै पक्ष स्रोताले निकै रुचाएका छन् । ‘म्युजिक भिडियो’ ले युट्युबमा दर्शक तानेको छ । सरल शब्द, मौलिक भाखा र सुरिलो स्वर गीतको विशेषता हो ।

‘उत्साहित छौँ, राम्रो प्रतिक्रिया आएको छ’, गायक विश्वकर्माले भने । गीत राम्रो बनेको लागे पनि यति धेरै चर्चा पाउला भनेर नसोचेको उनको भनाइ थियो । ‘शब्द, सङ्गीत, स्वरसँगै अभिनय र भिडियो निर्देशन पनि उत्कृष्ट रहेकोले दर्शक स्रोताको मन जितेको छ’, विश्वकर्माले भने ।

‘भिडियो’ मा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ । निर्देशन शिव विकले गरेका छन्। ‘छोटो अवधिमै गीत करोड क्लबमा प्रवेश गर्‍यो’ सङ्गीतकार थापाले भने, ‘नेपाली लोकसङ्गीतका लागि यो सुखद् खबर हो, नेपाली दर्शक स्रोतको मायाले हामी उत्साहित बनेका छौ ।’

हाल अमेरिकामा रहनुभएका गीतकार नवराज पन्तका अनुसार मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचनागर्भ हो ।’गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कथा छ’ पन्तले भने, ‘सबैले शब्दलाई रुचाएका छन्, खुशी छु ।’

सङ्गीतकार थापाले आफू बेलायत भ्रमणमा हुँदा नयाँ गीत मागेपछि पन्तले ‘सालको पातको टपरी’ लेखेका थिए । ‘कम्पनीमा काम गर्दै थिएँ, एक्कासि गीत फुर्‍यो’पन्तले भने, ‘कागजको चिर्कटोमा शब्द उतारेँ ।’ झ्याउरे लयमा ठेट शब्द र मन छुने स्वरले गीतको लोकप्रियता बढेको हो । अभ्यास डिजिटल म्युजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो ।

१ लाख ‘सबसक्राइबर’ (युट्युब च्यानलको समूह सदस्य) पुगेपछि उक्त च्यानलले ‘अर्वाड’ समेत पाएको छ । ‘युट्युबबाट च्यानल भेरिफाइड भएको छ’, सङ्गीतकार थापाले भने, “युट्युबको व्यावसायिक प्रक्रियामा छिरेका छौँ ।’ गीत हेर्ने, मनपराउने, टिप्पणी, आदानप्रदान र सबसक्राइब गर्नेको सङ्ख्याका आधारमा युट्युबमा गीतको चर्चा मापन हुन्छ ।

सोही आधारमा कलाकारले पैसा पाउँछन् । पैसा आउनका लागि तोकिएको सङ्ख्यामा हेरिनुपर्ने र सबसक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्रावधान छ । शुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ । श्रव्य क्यासेट, सिडी, सिआरविटी हुँदै सङ्गीत व्यवसाय अहिले युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको हो ।

प्रतिक्रिया दिनुहोस