१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतमा वार्षिक एक सय टन लप्सी उत्पादन

अ+ अ-

पर्वत । पर्वतमा वार्षिक एक सय टन लप्सी उत्पादन हुने गरेको छ । व्यावसायिक रुपमा गरिएको लप्सी खेतीले उत्पादन नदिँदै परम्परागत रुपमा भएको खेतीबाटै वार्षिक एक सय टनभन्दा बढी लप्सी उत्पादन हुने गरेको हो ।

विगत केही वर्षअघिसम्म पाखाबारीमा झरेर कुहिएर जाने लप्सीलाई ग्रामीण कृषकले व्यावसायिक खेतीका रुपमा अपनाउन थालेपछि लप्सीको तथ्याङ्क पत्ता लागेको हो ।

अहिले कृषकले लप्सीलाई प्रशोधन गरी विभिन्न परिकार बनाउने गरेका छन् भने पर्वतको मुडिकुवामा सामुदायिक खाद्य प्रशोधन उद्योग, दुर्लुङमा सञ्चालित झाक्रिसल्ला लप्सी उद्यम, थापाठानामा सञ्चालित सिर्जनशील लप्सी उद्यमी समूह, तिलाहारमा सञ्चालित विकासमूलक लप्सी समूहलगायतका समूहमा कृषक आबद्ध भएर लप्सीका परिकार बनाउन थालेका हुन् ।

कृषक व्यावसायिक बन्न थालेपछि गत आवमा ६० टन लप्सी प्रशोधन गरिएको एक गाउँ एक उत्पादन कार्यक्रमका सदस्य सचिव टङ्कनाथ पौडेलले जानकारी दिनुभयो । जिल्लामा लप्सी खेती प्रवद्र्धनकै लागि सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रमले लप्सी प्रशोधन उपकरण उपलब्ध गराउँदै आएको छ भने लेवलिङ प्याकेजिङमा अनुदानको साथै बजारीकरणमा समेत सहयोग पु¥याउँदै आएको छ ।

चालु आवमा जिल्लाको वार्षिक कच्चा लप्सी उत्पादन १३० टन र ८० टन लप्सी प्रशोधन गरी खाद्य परिकार तयार गर्ने उद्देश्य रहेको कार्यक्रमका सदस्य सचिव पौडेलले बताउनुभयो ।

लप्सी नेपालमा मात्रै पाइने फल हो । पर्वतमा पनि एक नगरपालिका र ४७ गाविसमध्येका ३५ गाविसमा लप्सी खेतीको सम्भावना रहेको पाइन्छ । लप्सीको उपयोगिताबारे खासै जानकारी नपाएका कृषकले लामो समयदेखि काठ दाउराका रुपमा प्रयोग गर्दै आएका थिए । अहिले जिल्ला लप्सी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन भएपछि कृषक व्यावसायिक बन्न थालेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो ।

पर्वतमा उत्पादित लप्सीलाई अहिले प्रशोधन गरेर अहिले जाम, तितौरा, अचार, क्यान्डी, अमिलो, पाउडरलगायतका खाद्य वस्तु निर्माण गर्न थालिएको छ । यसरी तयार पारिएका सामग्री सदरमुकाम कुश्मा बजारमा सञ्चालित घरेलु उत्पादन बिक्री केन्द्रदेखि छिमेकी बजार पोखरा र युरोप अमेरिकासम्म पुग्ने गर्छन् । लप्सी उत्पादक कृषक थानेश्वर भुसालले आफ्ना उत्पादनको अमेरिकाबाट पनि माग आउने गरेको बताउनुभयो ।

एकपटक रोपेपछि पाँच वर्षदेखि आम्दानी दिन सुरु गरेको लप्सीले कम्तीमा १०० वर्षसम्म नियमित आम्दानी दिने कृषक भुसालको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस