३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असहायको स्वास्थ्य बीमा गाउँपालिकाले गराउने

अ+ अ-

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने असहाय एवं आर्थिकरुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गराउने भएको छ ।

चालू आर्थिक वर्षमा तीन सय घर परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराइने गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । उनले स्वास्थ्य बीमाका लागि लाग्ने खर्च गाउँपालिकाले बेहोर्ने बताए ।

आर्थिकरुपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बीमामा सहभागी हुन सक्ने भए पनि गरीब तथा विपन्न घरपरिवार स्वास्थ्य बीमाबाट वञ्चित नहुन् भन्नका लागि सो योजना ल्याइएको उनले जानकारी दिए ।

उनका अनुसार पाँच जनासम्मको परिवारले स्वास्थ्य बीमाबापत वार्षिक रु दुई हजार ५०० शुल्क बुझाउनुपर्नेछ । गाउँपालिकाले सात लाख पचास हजार शुल्क बेहोर्नेछ । जिल्लामा २०७४ भदौ १ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम शुरुवात गरिएको थियो । तनहुँमा हालसम्म १० हजार भन्दा बढि घरधुरी स्वास्थ्य बीमामा आबद्ध भइसकेको बताइएको छ । बन्दीपुर गाउँपालिकाका ५ सय २६ घरधुरी स्वास्थ्य बीमामा आबद्ध छन् ।

दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बीमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

बीमा गरिसकेपछि सदस्यले तोकिएका सेवा प्रदायक संस्थाबाट बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा पाँच जनासम्मको परिवारले आवश्यक पर्दा वार्षिक रु ५० हजारसम्मको स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस