काठमाडौं । प्रहरीे भंसार छली गरेर ल्याउँदै गरेको पाँचलाख मूल्य बराबरको सामान बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१६, रजतजयन्ती चोक स्थित सडकबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरको सामान प्रहरीले बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरको ना२ह.२९६९ नम्बरको ई–रिक्सा चेकजांच गर्ने क्रममा रिक्सा चालक रिक्सा छाडी भागेको र रिक्साम लोड रहेको जुठको बोरामा ४ बोरा पित्तलको कचौरा, दुई बोरा ईलेक्ट्रोनिक्स सामान गरी ५ लाख ५४ हजार चार सय ३० रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको रिक्सा र सामान आवश्यक कारवाहीका लागि वीरगञ्ज भंसार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।