२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेल क्षेत्रलाई प्राथमिकतामा राखेको छु : मुख्यमन्त्री राई

अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।

मुख्यमन्त्री कप प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता एवं अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर तथा पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘खेलकूदले नागरिकलाई स्वस्थ र बलियो बनाउन सकिन्छ ।’

मुख्यमन्त्री कप प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता सञ्चालन गर्न प्रदेश सरकारले पाँच वर्षसम्मका लागि प्रतिवर्ष रु एक करोड उपलब्ध गराउने प्रदेश सरकार र अखिल नेपाल फुटबल संघबीच सम्झौता भएको जनाएको छ । सो सम्झौता पत्रमा मुख्यमन्त्री शेरधन राई र संघका अध्यक्ष कर्मासिंह शेपाले हस्ताक्षर गरे ।

मुख्यमन्त्री राईले राष्ट्र र प्रदेशको पहिचान एवं प्रतिष्ठा खेलकूदबाट बढ्ने हुँदा खेल र खेलाडीको मनोबल बढाउन प्रदेश सरकार लागिपर्ने बताए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले यस प्रदेशस्थित केही खेलकूद मैदानलाई छनौट गरी अन्तर्राष्ट्रियस्तरको बनाउने योजनामा सरकार रहेको बताए ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मासिंह शेर्पाले खेलकूद क्षेत्रको विकास तथा विस्तारका लागि प्रदेश सरकारले ठोस योजना तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री शेरधन राई र अखिल नेपाल फुटबल सङ्घको तर्फबाट अध्यक्ष कर्मासिंह शेपाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

यसैगरी, प्रदेश सरकारको सहकार्यमा अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगितसमेत सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ र प्रदेश खेलकूद बोर्डको परामर्शमा मन्त्रिपरिषद्द्वारा गठित आयोजक समितिलाई प्रदेश सरकारले ५ वर्षसम्मका लागि प्रति वर्ष रु एक करोड उपलब्ध गराउने छ ।

प्रतियोगितामा सात प्रदेशका उत्कृष्ट समूह, ए डिभिजनका क्लबमध्येबाट उत्कृष्ट ६ र विदेशी आमन्त्रित फुटबल समूहबाट तीन गरी बढीमा १६ समूहको सहभागिता रहनेछ ।