बुटवल । कांग्रेस नेतृ डिला संग्रौलाले गृहमन्त्रीको राजिनामा माग गेरेकी छन् ।
बुटबलमा शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै नेतृ संग्रौलाले साउन १० मा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा मागेकी हुन् । ‘नेपालमा न्याय मर्यो, न्याय बिकी सक्यो, अपराधीहरु सिंहदरबारकै सुरक्षामा छन्’उनले भनिन् ।
उनले दुईतिाइको सरकारले जनताको बाँच्नपाउने अधिकार कुण्ठित गरेको बताइन् ।







