२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक नाटक ‘लिलामे माइलो’ मञ्चन शुरु

अ+ अ-

कठमाडौं । लोक ‘नाटक लिलामे’ माइलो मञ्चन भइरहेको छ । पृथक कथा वस्तुमा आधारित नाटक लिलामे माइलो मंसिर १४ बाट मञ्चन शुरु भएको हो ।

मगर समुदायमा आधारित यो नाटक पुस ७ गते सम्मे कुञ्ज थिएटरमा मञ्चन हुनेछ । नाटक हरेक दिन ४ः३० बजे तथा शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजे लाग्ने जनाइएको छ ।

दर्शकलाई यथार्थता महशुर गराउ फरक खालको मनारञ्जन दिने मध्येकै पहिलो नाटक भएको निर्माण पक्षको दाबि छ ।

‘लिलामे माइलो’मा सामाजिक विषयवस्तुलाई कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्धारा नाटकको रुपमा प्रस्तुत् गरिएको छ । मौलीक कथा वस्तु मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको हो । पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँ पन दिनको लागि नाटकको कलाकार सहितको टोली १ हप्ता सम्म मोरङ जिल्लाको लेटाङ स्थित राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजिट समेत गरेको थियो ।

कुञ्ज नाटक घरको प्रस्तुति तथा राजाराम गौतमको निर्माणमा बनेको नाटकको कथा/निर्देशकः प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण ः राज थापा काउचा, ‘कलाकारहरु सलमान खान गुरुङ, निशा पाख्रिन (प्याकुली), राजन भुजेल (दुधे), पुष्पराज अवस्थी (जिम्वाल), विजय नेपाल (सानकाजी), विरेन्द्र खाती, अलविना न्यौपाने (चन्द्रा), मनोज थापामगर (कान्छा), संजिव राई (गाउँले), नमस्ते दिवाकर घिमिरे (सोमे), विपना थापा (जुुनु), विरेन्द्र खाती, शिला राना मगर, सचिन मल्ल (धरापे), संगीता थापा, सुनिल मगर (झप्ते), ललित मगर (लोके), चक्र विष्ट (गाउँले), पारुहागं राई (बनकाँडे) रहेका छन् । प्रचार परिकल्पना लुक्स नेपाल इभेन्टस एण्ड मिडिया प्रा.लिको रहको छ । संगित परिचालन प्रकास घिमिरे, राजिव श्रेष्ठ, प्रवीन लाखाजु, फोटोग्राफि डकुमेन्टेसन : युसव गौतम, भेषभुषाः दिपिका थापा, प्रकाश परिकल्पना तथा परिचालन रामबाबु रेग्मी, जीवन बराल, मञ्च परिकल्पना झकेन्द्र बि.सी, सेट : निर्मल साउद, प्रप्स निर्माणः सन्जिव राई, पोष्टरः प्रकेश सिन्धुलीया, मञ्च व्यवस्थापनः पुष्पराज अवस्थी, पब्लिक रिलेसन अफिसरः पदम घिमिरे, डिजिटल मार्केटिङ : फोर क्युव ईन्टरटेनमेन्ट प्रा.ली को रहेको छ ।

नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरी तयारी गरिएको निर्माता राजाराम गौतमले जानकारी दिए । नेपाल पश्चात नाटक भारतको सिक्किम, दार्जलिङ, सिलगुडि, असाम, थाईल्याण्ड, म्यानमार, बंगलादेशमा समेत प्रर्दशनको तयारी गरिएको उनले बताऐ । नाटक मौलिक र सामाजिक परिवेशलाई आधार बनाइएको छ ।

नाटकले यस अघि नै नेपालमा पहिलो पटक नाटकको प्रोमोसन भिडियो बनाएर युटुवमा सार्वजनिक गरेको थियो भने उत्कृष्ट ट्रोल भिडियो, पोष्टर, बनाउनेलाई नगद रु ५ हजार र २ जनालाई दार्जलिङ टुर प्याकेजको घोषणा गर्नुको साथै विभिन्न अफरहरु राखेर निःशुल्क टिकटको पनि व्यवस्था गरेको छ । नेपाली नाट्य क्षेत्रमा यो किसिमको प्रचार प्रसारको शैली पहिलो पटक अपनाइएको जानकारहरु बताउँछन् । नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोग सहित, नाटकको माध्यमबाट पुर्बी नेपालका आदिबासी जनजाती मध्येको मगर जातीको रितिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्धन गर्नुको साथै पर्यटकिय क्षेत्र मोरङको राजारानी ताललाई पनि पर्वद्धन गर्न मद्धत पुग्ने निर्माता गौतमले बताए ।

सामाजिक उत्तरदायित्व निर्वाहको लागि भन्दै नाटक मंसिर १२ गते काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकालाई देखाईएको थियो भने मंसिर १३ गते वृद्धाश्रमका महिलाहरुलाई निःशुल्क देखाईएको थियो ।

‘लिलामे माईलो’ नाटक मञ्चनबाट संकलन हुने रकम खर्च कटाएर बाँकि रकम सामाजिक कार्यमा खर्च गरिने निर्माता राजाराम गौतमले बताए । नाटक माइला भएर जन्मेकाहरुले निःशुल्क हेर्न पाउने छन् । सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्ष भन्दा माथिका बृद्ध बृद्धाले यो नाटक कुनै पनि दिन निःशुल्क हेर्न पाउने कुरा कार्यकारी निर्माता गौतमले जानकारी दिए ।

‘‘चटके माइलो हो नाटके माइलो
लिलामे माइलो देशै रमाइलो
मन भित्रै छ उसको हो सुन चांदिको थैलो
लिलामे माइलो देशै रमाइलो’’

प्रतिक्रिया दिनुहोस