२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुराना गीतको शब्द बङ्ग्याउँदै ‘रिमिक्स’

अ+ अ-

काठमाडौं । ‘फूलको थुँगा बहेर गयो गङ्गाको पानीमा
कहिले भेट होला है दाजै यो जिन्दगानीमा’(माधवप्रसाद घिमिरे)
‘मनको बाँध’ चलचित्रमा नातीकाजीद्वारा सङ्गीतबद्ध र तारादेवीद्वारा गाइएको यो गीत आज पनि त्यत्तिकै चर्चित छ । गीत रेकर्ड भएको वर्षाँै बितिसक्दा पनि लोकप्रियता भने अझै कम छैन । सय वसन्त पार गर्न लागिसकेका राष्ट्रकवि घिमिरेले आफ्नो अन्य गीत पुनः रेकर्ड गरिए पनि यस गीतलाई भने रिमिक्स गर्न ‘मरे पनि नदिने’ बताउँदै आएका थिए । तर यस गीतका कभर गीतहरु अहिले युट्युबमा प्रशस्तै भेटिन्छन् । मिलन अमात्य, सन्ध्या बुढा (काउली बूढी) गीत रिमिक्स गर्ने परिपाटि आजभोलि ह्वात्तै बढेको पाइन्छ । रिमिक्स (पुनः रेकर्ड) का नाममा नयाँ गीत बनाउने परिपाटिले गीतको मौलिकता नै हराउने हो कि भन्ने डर सङ्गीतकर्मी र सङ्गीतकर्मी दुवैमा छ ।

सर्लाही घर भई हाल नयाँ बानेश्वरमा बसोबास गर्दै आएकी २१ वर्षीया तुलसा थापा नेपाली गीतसङ्गीतमा छाडापन आएको महसुस गछिन्। उनी भन्छिन्, “अहिलेका गीतभन्दा त पहिलेकै गीत नै सुन्नलायक छन् ।” पुराना गीतजस्तै नयाँ बन्ने नेपाली गीतमा पनि नेपाली मौलिकपना घुसाउनुपर्ने थापाको भनाइ छ ।

हाल नेपाली गीतसङ्गीतमा पुराना गीतलाई नयाँ सङ्गीत भरेर बनाउने परिपाटि कुनै नौलो होइन । थुप्रै पुराना गीत अहिले रिमिक्स (पुनःरेकर्ड) गर्ने प्रचलन झनै बढ्दै गएको छ । नेपाली चलचित्र ‘छक्का पञ्जा २’ मा राखिएको ‘हे दाजु नसमाऊ नाडीमा’ बोलको गीतले कुनै दिन नेपाली बजारलाई खुबै तताएको थियो । जति यो गीतले उचाइ पायो, त्यसैगरी गीतका विरुद्ध टिप्पणी पनि आउन थाले । वास्तवमा यो गीत सन् १९६६ मा नै रेकर्ड गरिएको थियो । टिप्पणीसँगै यस गीतको पुरानो संस्करणलाई युट्युबमा समेत राखिएको छ । यो गीतमा सङ्गीत कान्छा मगर नेपालीले दिनुभएको थियो भने स्वर लोचन भट्टराई र श्याम नेपालीले दिएको थियो । यस गीतको पुरानो संस्करण र चलचित्रमा दिएको संस्करणको सङ्गीतमा अलिकति पनि मेल खाएको पाइँदैन ।

पुराना थुप्रै गीतमा अङ्ग्रेजी शब्द घुसाएर आफ्नै शैलीमा गाएका गीत सुन्दा राम्रो लागे पनि त्यस्ता गीतले स्रष्टालाई सम्मान नगरेको हो कि भन्ने भान हुन्छ । पुराना गीतलाई नबिगारी जस्तो शब्द र सङ्गीत छ त्यसैलाई निरन्तरता दिएमा गीतको भाव नमर्ने गायक आनन्द कार्की बताउँछन्। “नयाँ गीत गाए पनि पुराना गायक र सङ्गीतकार दुवैको नाम लिनैपर्छ”, उनी भन्छन् ।

पुराना गीतलाई नयाँ ढाँचामा ल्याइनुभन्दा पूरै नयाँ गीत नै ल्याएर चर्चा बटुल्नु उत्कृष्ट रहेको चाबहिलका ५१ वर्षीय रोमन श्रेष्ठ बताउाछन्न्। “पहिलेका स्रष्टाले कति राम्रा शब्दको रचना गर्थे, अहिले त जताततै आफू चर्चामा आउने होडबाजी नै चलेको छ”, उनी आक्रोश पोख्छन्, “अरुको गीतलाई नै आफ्नो रचना भनेर दिनेले किन नयाँ रचना दिन नसक्ने ?”

त्यसैगरी नेपाली लोकगीत ‘लेकमा नाच्ने डाँफे चरी मधेशमा झ¥यो, भेट भा बेलाँ मायासँग हाँसखेल गर्नैप¥यो’ बेनीको बजार, जता माया उतै छ नजर’ तथा पुरानो आधुनिक गीत ‘आगे आगे तोपैको गोला पछि पछि मेसिन गन बरर’ लगायत ‘काले दाइले लगाएको कालै इष्टकोट’, ‘चिया बारीमा’, ‘आमैले भन्थिन् धाराको पानी’ लगायत थुप्रै गीत पनि रिमिक्स गरिएको पाइन्छ । कतिपय गीतमा शब्द र मौलिकता मरेको छैन भने कतिपयमा गीतको भाव र मौलिकता सबै भुलेर नयाँ स्वरुपमा रेकर्ड गरिएको पाइन्छ ।

सङ्गीतकार भूपेन्द्र रायमाझी रिमिक्सका नाममा पुरानो गीतको भाव मर्न नहुने बताउँछन् । उनी भन्छन्, “नेपाली गीत र सङ्गीतलाई बचाइराख्ने प्रमुख आधार भनेकै रिमिक्स हो, तर मनलाग्दी नयाँ सङ्गीत र स्वरुप दिइनु भने राम्रो होइन ।” गीतलाई नयाँ स्वरुप दिँदा केही शब्द तलमाथि हुनु सामान्य भए पनि पूरै गीतको ढाँचा नै परिवर्तन गर्दा त्यसको प्रभाव नकारात्मक हुने उनको ठम्याइ छ । पुराना सङ्गीतलाई सबैले सम्मान गर्नु आजको आवश्यकता रहेको उनी बताउँछन् । मौलिक गीतलाई नबङ्ग्याई तीनमा नयाँ सर्जकले त्यसको जगेर्ना गर्नु नै आजको आवश्यकता रहेको नेपाली गीतका विश्लेषक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस