मण्डिखाटारमा सुजाताको लञ्च मिटिङ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मण्डिखाटारमा सुजाताको लञ्च मिटिङ


प्रशासन विशेष ब्युरो

११ मंसिर २०७५, मंगलबार


सुजाताको लञ्च मिटिङ

काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले मंगलबार लञ्च मिटिङ राखेकी छिन् ।

केही समय अगाडि आफ्नो निवासमा शीर्ष नेताहरूको बैठक गराएकी कोइरालाले मंगलबार लञ्च मिटिङ राखेकी हुन् ।

बैठकमा कृष्ण सिटौला, अर्जुननरसिंह केसी र रामशरण महतका साथै गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी,  जीवन परियारलगायतका नेताहरू सहभागी भएका छन् ।

आफूले कुनै पदीय लोभका लागि छलफल नराखेको स्पष्टीकरण दिएर छलफल शुरु गरेकी कोइरालाले पार्टीको औपचारिक बैठकसँगै अनौपचारिक सम्वादलाई तीव्रता दिनु पर्नेमा उनले जोड दिएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस