काठमाडौँ । यातायात व्यवस्था विभागको वेबसाइट नचलेपछि लाइसेन्सको अनलाइन आवेदनका लागि पर्खेका हजारौँ व्यक्तिहरू दिनभरीजसो खुल्छ कि भनेर पर्खेर बसे तर साँझसम्म पनि कुनै संकेत देखिएन ।
मंसिर ७ गते(आजदेखि) बिहान ७ बजेबाट सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन खुल्ने जानकारी यातायात व्यवस्था विभागले गराए पनि बिहानैदेखि वेबसाइट नचल्दा सर्वसाधारणले अनलाइनबाट आवेदन भर्न सकेनन् ।
धेरै जनाले एकै पटक साइट चलाउँदा समस्या आएको विभागले जनाएको छ ।
अनलाइनबाट दरखास्त आव्हान गरिँदा आउन सक्ने प्राविधिक कठिनाइबारे समयमै सगज नहुनु तथा दिनभरि जस्तो पनि समस्याको समाधान निकाल्न नसक्नु विभागको कमजोरी हो ।
यसबारे विभागले समयमै सर्वसाधारणलाई जानकारीसमेत गराएको छैन ।