पप्पु कन्स्ट्रक्सन कालोसूचीमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पप्पु कन्स्ट्रक्सन कालोसूचीमा


४ मंसिर २०७५, मंगलबार


काठमाडौं । सार्वजिनक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सन कम्पनीलाई खरिद कार्यमा सहभागी हुन रोक लगाएको छ।

ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै सिक्टा सिँचाइ आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो। निर्णय सदरका लागि आयोजना कार्यालयले सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) मा सिफारिस गरेको थियो। सिक्टाको सिफारिस अनुसार पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाइएको हो ।

मंगलबार जारी गरेको सूचनामा सिक्टा आयोजनाले गरेको उजुरीका आधारमा पप्पु कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी पर्न सक्ने देखिएको उल्लेख छ ।

कालोसूचीबाट नहटेसम्म पप्पुलाई कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी नगराउन पनि कार्यालयले आग्रह गरेको छ । नहर निर्माणको काम समयमै नसकेको भन्दै सिक्टा आयोजनाले २९ कात्तिकमा निर्माण कम्पनी कोस्टाल पप्पु जेभीसँगको ठेक्का सम्झौता तोड्दै कालोसूचीमा राखेको थियो ।

पप्पुले सन् २०१६ जुन २० मा उक्त आयोजनाको २३ किलोमीटरको डुडुवा शाखा नहर निर्माण गर्ने ठेक्का पाएको थियो । तर, पप्पुले ठेक्का सम्झौता अवधि सकिँदा समेत जम्मा ७ प्रतिशत मात्र काम गरेको आयोजनाले भनेको छ ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस