दक्षिणी भियतनाममा पहिरो, १३ जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दक्षिणी भियतनाममा पहिरो, १३ जनाको मृत्यु


प्रशासन संवाददाता

३ मंसिर २०७५, सोमबार


हनोई, भियतनाम । दक्षिणी भियतनामको मध्य भागमा अविरल वर्षा र आँँधीपछि गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य ४ जना बेपत्ता भएका छन् ।

हराइरेहका व्यक्तिको खोजी कार्यका लागि करिब ६ सय सैनिक परिचालन गरिएको प्रकोप प्रभावित प्रान्त होआका सरकारी अधिकारीले जानकारी दिएका छन् । भीषण वर्षापछि आएको ‘टोराजी’ नामक आँधी सहित पहिरोमा परी कैयौं भवन ध्वस्त भएको र गाउँ नै डुबानमा परेको बताइएको छ । भियतनाममा हरेक वर्ष बाढी र पहिरोमा परी सयौं व्यक्तिको मृत्यु हुने गरेको छ । रासस/एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस