२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा तयारी : समसामयिक प्रश्न तथा उत्तरहरू

अ+ अ-

१. संघीय संरचनामा तीन तहका सरकारको कार्यक्षेत्र लाई कसरी विभाजन गरिएको छ ?
संघीय संरचनामा तीन तहका सरकारको कार्यक्षेत्र लाई निम्नानुसार विभाजन गरिएको छः
एकल अधिकार
क. संघको अधिकार संविधानको अनुसूची ५
ख. प्रदेशको अधिकार संविधानको अनुसूची ६
ग. स्थानीय तहको अधिकार संविधानको अनुसूची ८

साझा अधिकार
क. संघ र प्रदेशको साझा अधिकार संविधानको अनुसूची ७
ख. संघ प्रदेश र स्थानीय तहको अधिकार संविधानको अनुसूची ९

अवशिष्ट अधिकार 
तीन तहको सरकारको अधिकारमा उल्लेख नभएको वा साझा सूचीमा उल्लेख नभएको कार्य संघको अधिकार हुने व्यवस्था

२. सार्वजनिक वित्तीय व्यवस्थापनको क्षेत्रका क्षेत्रहरू के के हुन् ?
करारोपण तथा राजश्व व्यवस्थापन
बजेट तर्जुमा तथा कार्यान्वयन
वैदेशिक सहायता व्यवस्थापन
सार्वजनिक ऋण व्यवस्थापन
वित्तीय व्यवस्थापन प्रक्रिया तथा संरचना
वाह्य निगरानी, लेखापरीक्षण तथा सार्वजनिक सरोकार
जिम्मेवारी र जवाफदेहिता

३. स्थानीय तहका बजेट तर्जुमाका चरणहरू के के हुन् ?
पहिलो चरण : संघ तथा प्रदेशबाट वित्तीय हस्तान्तरणको खाका र मार्गदर्शन प्राप्त गर्ने
दोस्रो चरण : श्रोत अनुमान र कुल बजेट सीमा निर्धारण
तेस्रो चरण : बस्तीरटोल स्तरबाट आयोजनारकार्यक्रम छनौट
चौथो चरण : वडा स्तरीय योजना प्राथमिकिकरण
पाँचौँ चरण : बजेट तथा कार्यक्रम तर्जुमा समितिव्दारा एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा
छैटौँ चरण : गाउँरनगर कार्यपालिकाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृत गर्ने
सातौँ चरण : गाउँरनगर सभाको बैठकमा बजेट तथा कार्यक्रम स्वीकृति र कार्यान्वयन

४. सार्वजनिक खरिद र यसका विधिहरू के के हुन् ?
सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ ले खरिदका निम्न विधिहरूको व्यवस्था गरेको छ:
अन्तर्राष्ट्रिय खुल्ला बोलपत्र
राष्ट्रिय खुल्ला बोलपत्र
सिलबन्दी दरभाउपत्र
सोझै खरिद
उपभोक्ता समिति वा लाभग्राही समूहको सहभागिता
अमानतवाट
क्याटलग सपिङ उत्पादक वा अधिकृत बिक्रेताको पारदर्शी निर्धारित दरमा
सीमित बोलपत्रदाता मार्फत लिमिटेड टेन्डरिङ्ग
बाइ ब्याक मेथड-पुरानो वस्तुलाई नयाँ सँग साट्ने

५. नेपालमा सेवा प्रवाहको लागि एजेन्सीकरणको प्रयोगमा आएका विधिहरू के के हुन् ?
ल्कस्टर एक
सार्वजनिक संस्थानः यस अन्तरगत विभिन्न क्षेत्रगत ऐन, कानुन बमोजिम सार्वजनिक संस्थानहरू कार्यरत रहेका छन् । सार्वजनिक संस्थानको लागि सञ्चालक समिति अधिकारयुक्त हुने गर्दछ ।

ल्कस्टर दुई
प्राधिकरणहरू : यस अन्तरगत विशेष दायित्वका निकायहरू रहेका छन् ः नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण,काठमाडौँ उपत्यका विकास प्राधिकरण आदि

ल्कस्टर तीनः
कम्पनीहरुः टेलिकम, बिमा, कृषि सामग्री आदि

ल्कस्टर चार
बोर्डहरू : लगानी बोर्ड, पर्यटन बोर्ड, सरकारी बोर्ड, उपत्यका खानेपानी बोर्ड आदि

ल्कस्टर पाँच
विकास समिति संस्कृति सम्बन्धी समितिहरू (जस्तै पाथीभरा क्षेत्र विकास समिति लगायतका ९ वटा विकास समितिहरू ), पर्यटन सम्बन्धी समितिहरू (जस्तै तारा गाउँ विकास समिति लगायतका १४ वटा विकास समितिहरू ), यस्तै प्रकार का अन्य विकास समितिहरू ।

ल्कस्टर छ 
कोष : पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोष, गरिबी निवारण कोष,नगर विकास कोष आदि

श्रोत
दामोदर रेग्मी, संघीय शासन प्रणाली सुशासन र विकास
नेपालको संविधान, २०७२
सार्वजनिक खरिद ऐन नियमावली