३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी सुविधाबाट वञ्चित हुँदै मुटुरोगी

अ+ अ-

बाँके । उपचारका लागि भेरी अञ्चल अस्पतालमा आएका मुटुका बिरामी राज्यले दिने सेवाबाट वञ्चित भएका छन् । सरकारले कार्डियोलोजी विभागलाई सूचीकृत गर्न ढिलाइ गरेका कारण साविक मध्य तथा सुदूरपश्चिमाञ्चलका सयौँ मुटुरोगी सरकारी सेवाबाट वञ्चित भएका हुन् ।

मुटुरोगका बिरामीलाई रु एक लाखसम्मको उपचारमा सहयोग गर्ने नीति राज्यको छ तर संस्था सूचीकृत नहुँदा उपचारका लागि भेरी अञ्चल अस्पतालमा आउने मुटुरोगका बिरामीले उक्त सेवा पाउन नसकेको अस्पतालले जनाएको छ ।

संस्था सूचीकृतका लागि भेरी अञ्चल अस्पतालले तीन महिनाअघि स्वास्थ्य मन्त्रालयमा रहेको सामाजिक सेवा तथा नर्सिङ महाशाखामा पत्र पठाए पनि अहिलेसम्म दर्ता नभएको अस्पतालका निमित्त मेडिकल सुरपरिटेण्डेन्ट वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले बताए।

मुटुरोगको उपचारका लागि क्याथल्याब सञ्चालन ढिलो गरी सञ्चालनमा आएकाले सरकारले रकम विनियोजनमा ढिलाइ भएको उनले बताए । ‘‘सूचीकृत भएको भए मुटुरोगका बिरामीले सहजरुपमा उपचार पाउने थिए । सूचीकृत नहुँदा राज्यले दिएको सुविधाबाट सर्वसाधारण वञ्चित भएका छन्,’’ उनले भने ।

सरकारी ढिलासुस्तीका कारण भेरी अञ्चल अस्पतालले बिरामीलाई सुविधा दिन नसकेपछि बिरामी काठमाडौं र भारतका महङ्गा अस्पतालमा उपचार गराउन बाध्य भएका छन् । मुटुरोगले थलिएका गरीब परिवारका बिरामी शल्क्रिया गराउन नसकेर थलिएको अस्पतालका इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. कृष्ण अधिकारीले बताए ।

उनले काठमाडौंका निजी अस्पताल र भेरी अञ्चल अस्पतालले सूचीकृतका लागि एकैसाथ निवेदन दिएको बताए । ‘सँगै निवेदन दिएका निजी अस्पताल सूचीकृत भइसके तर पश्चिम नेपालका बिरामीलाई सेवा दिने भेरी अस्पतालले अझैँ पाउन सकेन,’ उनले भने, “भेरी अञ्चल अस्पतालमाथि पक्षपात भएको छ ।”

‘‘काठमाडौंस्थित गङ्गालाल अस्पतालले डेढ लाख पर्ने शल्यक्रिया भेरी अञ्चल अस्पतालले रु ७० हजारमा गर्दै आएको छ’’ डा. अधिकारीले भने। उनले भेरी अञ्चल अस्पतालमा उपचार गराउन आउनेमध्ये प्रायजसो गरीब हुने गरेको बताए ।

‘हुने खाने सिधै काठमाडौं र भारतका महङ्गा अस्पताल जान्छन्, उपचारका लागि यहाँ आउने प्रायःजसो गरीब र निमुखा मात्र हुन्छन्,’ डा अधिकारीले भने । उनले सस्तोमा शल्यक्रिया गराउन समेत बिरामीले नसकेको बताए । शल्यक्रिया र मुटुमा लाग्ने उपकरण महङ्गो पर्ने भएकाले उपचारमा धेरै खर्च लाग्ने गरेको डा. अधिकारीको भनाइ छ ।

अन्य रोगभन्दा धेरै जटिल र संवेदनशील भएकाले उपचार जटिल हुने उनले बताए । ‘‘सरकारी सुविधा पाएको भए उपचारमा बिरामीलाई केही राहत मिल्ने थियो,’’ उनले भने, “मुटुरोगको उपचारमा भेरी अस्पतालले उच्च प्रविधिसहित सेवा दिन थालेको छ ।”

जनरल कार्डियोलोजी, बहिरङ्ग सेवा, इनडोर, हृदयाघात उपचार, इकोकार्डियोग्राफी, इनसर्टिभ कार्डियोलोजी सेवा भेरी अस्पतालले दिँदै आएको निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा राजन पाण्डेले जानकारी दिए । भेरी अस्पतालले उच्च प्रविधिसहितको क्याथल्याबसमेत सञ्चालनमा ल्याएको छ ।

भेरी अस्पतालमा दैनिक सरदर ३० जना मुटुरोगका बिरामी उपचारका लागि आउने गरेका छन् । टाढा टाढाका बिरामीसमेत उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । आर्थिकरुपले सम्पन्न व्यक्तिहरु राजधानीलगायत विदेशमा समेत उपचारका लागि जाने गरेपनि सर्वसाधारण व्यक्तिका लागि यस भेरी अञ्चल अस्पतालले आधारभूत स्वास्थ्य सेवा पु¥याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस