२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्लाफाँटाका पाँच विद्यालयमा न्यून विद्यार्थी

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका पाँच विद्यालयमा न्यून विद्यार्थी रहेका छन् । आधारभूत तहका कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा १८ देखि ४४ सम्म विद्यार्थी अध्ययनरत छन् । शिक्षकको सङ्ख्या भने पाँचभन्दा बढी रहेको छ । एक शिक्षक बराबर ५० विद्यार्थी एउटा कक्षामा हुनुपर्नेमा पुरै विद्यालयमा बढीमा ४४ मात्रै विद्यार्थी छन् ।

नगरपालिका शिक्षा शाखाको तथ्याङ्कअनुसार मिलन आधारभूत विद्यालयमा २५, त्रिमूर्ति आधारभूत विद्यालयमा ३१, जनचेतना आधारभूत विद्यालयमा ३६, दीपनगर आधारभूत विद्यालयमा ४४ र श्रीराम आधारभूत विद्यालयमा ३० मात्रै विद्यार्थी रहेका छन् । विद्यालय नजिकै निजी विद्यालय खोल्ने क्रम बढेसँगै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका हुन् ।

अभिभावकको निजी विद्यालयप्रतिको बढ्दो आकर्षण घटाउनका लागि गुणस्तरमा ध्यान दिइनुपर्ने, खाजाको व्यवस्था गरिनुपर्ने र नियमित अनुगमन गरिनुपर्ने शिक्षक खड्क साउदले बताउनु्भयो । न्यून विद्यार्थी रहेका विद्यालयलाई समायोजनमा लैजानका लागि प्रक्रिया अगाडि बढाइने शिक्षा शाखाका प्रमुख देवदत्त पन्तले बताए ।

शिक्षा ऐनको दफा १२ को (क)मा भएको व्यवस्थाअनुसार पूर्वाधार कायम नभएका, अधिकांश कक्षामा नियम ७७ बमोजिम विद्यार्थी सङ्ख्या नभएको र दुई वा दुईभन्दा बढी विद्यालय व्यवस्थापन समितिले एउटै विद्यालयका रूपमा सञ्चालन गर्न संयुक्त निवेदन दिएमा समायोजन गर्न सकिने व्यवस्था रहेको छ ।

कुनै विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै छ उनले भने, “शिक्षक दरबन्दी न्यून छ । कुनैमा विद्यार्थी न्यून छन् । शिक्षक धेरै छन् । दरबन्दी र शिक्षकको अनुपात मिलाउनका लागि न्यून विद्यार्थी भएका विद्यालयलाई समायोजनमा लैजानु नै उपयुक्त देखिन्छ ।” शिक्षा ऐन आएपछि सबै प्रक्रिया अगाडि बढाइने नगरपालिकाको सामाजिक विकास समितिका संयोजक शिवराज पनेरुले बताए।