२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देवकोटाको ११०औँ जन्मजयन्ती

अ+ अ-

काठमाडौं । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती मनाइएको छ । नेपाल सांस्कृतिक सङ्घद्वारा आयोजित कार्यक्रममा साहित्यकार रमा शर्माले १० वर्षको कलिलो उमेरदेखि नै साहित्य रचना गरेर छोटो अवधिमा नेपाली साहित्यलाई हालको गौरव गर्ने अवस्थामा पुर्‍याएको बताइन् ।

अङ्ग्रेजीको बोलबाला भएको यस युगमा नेपाली भाषाको पुनरुत्थान गर्न देवकोटा जस्ता मान्छे फेरि चाहिएको उनले बताइन् । शर्माले २०१० मा भानुभक्तको पहिलो शालिक राजा महेन्द्रले शिलान्यास गर्दा महाकवि देवकोटा पनि उपस्थित रहेको बताइन् ।

सांस्कृतिक सङ्घका अध्यक्ष गोविन्ददेव पन्तले सङ्घ र देवकोटाको विशेष सम्बन्ध रहेको बताउँदै महाकवि पनि सङ्घको सदस्य रहेको उल्लेख गरे । उनले भारतीय विद्वान राहुल सांकृत्यायन नेपाल आउँदा देवकोटालाई भगवान् बुद्धपछिको ठूलो व्यक्ति बनेको स्मरण गरे। उनले देवकोटा भारतका कविहरु पन्त, प्रसाद र निराला तीनजना संयुक्तभन्दा पनि ठूला कवि रहेको मूल्याङ्कन गरेको बताए।

कार्यक्रममा कविहरु रमेश खकुरेल, कोषराज न्यौपाने, अच्युतरमण रेग्मी, भूवनहरि सिग्देल, रमा शर्मा, अनुराधा थापा, विपुल सिजापति, भाग्यशाली अधिकारी, रत्ननिधि रेग्मी, इशा शाह, प्रा. डा. भीमदेव भट्ट, प्रा. डा. मोहनप्रसाद लोहनी, बैरागी जेठा, प्रमोद स्नेही, गिरिराज जोशी, विष्णु थिङ आदिले कविता वाचन गरेका थिए ।

कार्यक्रममा सङ्घले श्रीमती इशा शाह र गिरिराज जोशीलाई उनीहरुको काव्यिक योगदानका लागि १० हजार राशिको देवकोटा काव्यिक पुरस्कार प्रदान गरिएको थियो । सो पुरस्कारका लागि कवि रमेश खकुरेलले रकम उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस