२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दृश्यचित्रमा पुरातात्विक महत्वको ‘गुहेश्वरी’

अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्र विकास समितिअन्तर्गत रहेको धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य गुहेश्वरी पुगेर यसपालि चित्रकारले यहाँका पुरातात्विक महत्वका दृश्य चित्रमा उतारे ।

कला कार्यशालाको नवौँ गन्तव्य कलाकारले विश्व सम्पदासूचीमा सुचीकृत गुहेश्वरी र गौरीघाटलाई रोजेर चित्रमा उतारेका हुन् । विगत १५ वर्षदेखि मेरुदण्डको पक्षघात भएका चित्रकार लक्ष्मीभक्त भासिमाले पनि गुहेश्वरी नजिक डिलमा बसेर चित्र कोरे । भासिमाले भने, “चित्रमा गुहेश्वरी वरिपरिका दृश्यलाई राखेँ, ऐतिहासिक दृश्य कोर्न पाउनु गर्वको कुरा हो ।”

यसपालिको चित्रकला कार्यशालामा छ जना महिला, अपाङ्ग र विदेशी चित्रकार पनि सहभागी थिए । अर्का कलाकार सुष्मा श्रेष्ठ र छोरी श्रेया पनि पानी रङ्गले गुहेश्वरीबाट देखिने क्षितिज र पानीका दृश्य उतार्दै थिए । उपत्यकाका कलाकारले हरेक हप्ता यस्तै अभियान चलाएर विभिन्न क्षेत्रका दृश्य उतारिरहेका छन् । फेसबुकबाट भएको मतदानका आधारमा यसपालिको शनिबार उनीहरुले गुहेश्वरी रोजे ।

पुरातत्व विभागका पुरातत्व अधिकृत प्रकाश आचार्य धार्मिक मान्यताअनुसार सतीदेवीको गोप्य अङ्ग पतन भएकाले यहाँ महत्वपूर्ण शक्तिपिठको रूपमा चिनिन्छ । यहाँ लिच्छवीकालदेखिकै संरचनाहरु रहेको र मुख्य मन्दिरहरू प्रताप मल्लको पालामा बनेको उनले जानकारी दिए । वास्तुकलाका नियमअनुसार बनाइएको ऐतिहासिक महत्वका मठमन्दिरलाई कलाका माध्यमबाट विश्वभर पहिचान गराउन चित्रले सहयोग गर्ने विश्वास छ आचार्यको । चित्रले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

कलाकार रामकृष्ण थापाको मास्टर पिस आर्ट ग्यालरी ठमेल घुम्ने क्रममा एक जना अष्ट्रेलियाका कलाकार रे मार्सडेनसँग भेट भयो । आध्यात्मिक क्षेत्रका अमूर्त कलामा रमाउने ‘रे’ ले नेपाली चित्रकारको अभियान थाहा पाएपछि आफू पनि सहभागी हुने इच्छा प्रकट गरेपछि सहभागी गराइएको चित्रकार थापा बताउँछन्।

‘रे’ ले सातपटक नेपाल आएको बताउँदै गुहेश्वरी क्षेत्र आफैँमा सुन्दर लागेको प्रतिक्रिया दिए । नेपालको कला संस्कृति सुन्दर भएकाले यसको संरक्षण गर्नुपर्ने बताउँदै उनले नेपाली कलाकारसँगै बसेर शनिबार मृगस्थली क्षेत्रको चित्र उतारे । दुई महीनाअघि दिवेश प्रधान र राकेशचन्द्र श्रेष्ठले हरेक हप्ता कुनै न कुनै नयाँ स्थानमा चित्र कोर्ने अभियानको थालनी गरेका हुन् । अहिले अभियानमा स्वतस्फूर्त रूपमा कलाकारहरु चित्र उतार्न आउने गरेका छन् । जुन ठाउँमा पुगिन्छ, त्यही ठाउँका विज्ञहरुलाई ल्याएर वस्तुस्थिति जानकारी लिएपछि चित्र कोर्ने गरेको प्रधानले बताए । अर्को दशौँ हप्तामा भने एक चरणको कार्यक्रम समापन गरी अर्को चरणको अभियानको सुरुवात गर्ने योजना अभियन्ताहरुको छ ।

दशौँ कार्यशालामा भने अहिलेसम्म कोरिएका चित्रहरु प्रदर्शन गरिने चित्रकार दिवेश प्रधानले बताए। अन्तर्राष्ट्रिय जलरङ सोसाइटीका महासचिव दीपेन्द्र बनेपालीले खोला पारीबाट पानीमा मन्दिरको छायाँ उतारे । चित्रकार केशवराज खनाल, डि राम पाल्पाली, नरबहादुर विकेले रुखको छायाँमा बसेर गुहेश्वरी मन्दिर र छेउछाउका दृश्यलाई उतारे।

पुराना तथा अनुभवी चित्रकार केके कर्माचार्य विभिन्न ठाउँमा पुगेर दृश्यावलोकन गरेर चित्र उतार्दा एक त कलाकारले प्रकृतिबाट सिक्ने मौका मिल्ने र अर्को सम्बन्धित स्थानलाई विश्वभर चिनाउन सहयोग पुग्ने प्रतिक्रिया दिन्छन् । “अभियान चलाउन सजिलो छैन”, कर्माचार्यले भने, “यसले ठाउँको विकास गर्छ अनि कलाको प्रदर्शन पनि हुन्छ ।” कलाकारहरुको स्वतस्फूर्त रुपमा शुरु भएको फेसबुक अभियान अहिले प्रभावकारी बन्दै गएको छ ।

यसअघि उनीहरुले खोकना, ठिमी, टेकु, पाटन, हनुमानढोका, चाँगुनारायण, भक्तपुरलगायत क्षेत्रमा पुगेर कार्यशाला गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस