काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली शनिबार पार्टीले आयोजना गरेको चियापान समारोहमा उपस्थित हुन सकेनन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुशार प्रधानमन्त्री ओली बिरामी भएका कारण कार्यक्रममा उपस्थित हुन नसकेका हुन् । उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरो आएको छ ।
नेकपाले विजयादशमी, दीपावली,नेपाल सम्बत् तथा छठका अवसरमा राजधानीको भृकुटीमण्डप बगैँचामा चियापान कार्यक्रम आयोजना गरेको छ ।