अष्टमीदेखि टीकासम्म प्रहरीको निःशुल्क बस सेवा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अष्टमीदेखि टीकासम्म प्रहरीको निःशुल्क बस सेवा


३१ आश्विन २०७५, बुधबार


काठमाडौं । प्रहरीले अष्टमीदेखि टीकासम्म निःशुल्क बस सेवा सञ्चालन गरेको छ । आज बुधबारदेखि दसैँको टीकाको दिन सम्म प्रहरीले यात्रुहरुलाई सहजहोस भनि निःशल्क बस सेवा सञ्चालन गरेको हो ।

प्रहरीले काठमाडौं उपत्यका भित्रका ३ वटा रुटबाट बस सञ्चालन गरिने जनाएको छ ।
रुट नं. १ : कलंकीबाट एकान्तकुना, पुल्चोक, माइतीघर हुँदै पुतलीसडक, रत्नपार्कसम्म गाडी चलाउने छ। यो बसले रत्नपार्कबाट त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै सोही रुटमा परिक्रमा गर्नेछ।

रुट नं. २ : कोटेश्वरबाट सहिदगेट हुँदै महाराजगञ्ज नारायणगोपाल चोक, गौशाला, मैतीदेवी परिक्रमा गर्नेछ।

रुट नं. ३ : नयाँ बसपार्कबाट चाबहिल, नक्साल, लैनचौर, सोह्रखुट्टे, नयाँ बजार, बालाजु चोक हुँदै बसपार्क पुग्नेछ।

चक्रपथको बाहिरी र भित्री दुवै स्थानका सर्वसाधारणको लागि सहज होस् भन्ने हिसाबले रुट तय गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस