पानी संरक्षणका लागि ठोस योजना ल्याउनुपर्नेमा सभामुखको जोड « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पानी संरक्षणका लागि ठोस योजना ल्याउनुपर्नेमा सभामुखको जोड


२८ आश्विन २०७५, आइतबार


दाङ । सभामुख कृष्णबहादुर महराले विकास निर्माणका काममा सबै पार्टी एकजुट हुनुपर्ने बताएका छन् ।

तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाले आज यहाँ आयोजना गरेको बडादशैँ, दीपावली तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “विविध कारणले पानीका मुहान सुक्दै गएकाले संरक्षणका लागि सबै एकजुट भएर ठोस योजना ल्याउनुपर्छ ।”

दाङमा पानी सञ्चित गर्नका लागि माथिल्लो उत्तरी क्षेत्रको चुन ढुङ्गा निकासी रोकेर त्यस स्थानमा बाँसको बिरुवा रोपी हरियाली बनाउनुपर्ने सुझाव दिँदै उहाँले पानीको दीर्घकालीन समस्या समाधानका लागि बाँध निर्माण तथा ठूला नदीलाई फर्काउनुपर्छ भने ।

राष्ट्रियसभा सदस्य कोमल ओली, प्रदेशसभा सांसद उत्तरकुमार वली लगायतले पानी मानिसका लागि नभैनहुने भएकाले गुणस्तरीय पानी वितरणका लागि सम्बद्ध उपभोक्ता समिति सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए। रासस

Tags :
प्रतिक्रिया दिनुहोस