हेमकार परिवार हत्या प्रकरण : १३ वर्ष पछि हत्यारा पक्राउ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

हेमकार परिवार हत्या प्रकरण : १३ वर्ष पछि हत्यारा पक्राउ


१४ आश्विन २०७५, आइतबार


नेपालगञ्ज । १३ वर्षअघि नेपालगञ्जको सदरलाइनका सुनचाँदी व्यवसायी दिपक हेमकारको परिवार सहित पाँच जनाको हत्याका अभियुक्त पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकले हत्याकाण्डका मुख्य अभियुक्त भनिएका भारतको उत्तर प्रदेश सीतापुर जिल्ला बिसवाह बजार घर भई हाल लखनउ सीतापुर प्रियदर्शनी कोलोनीमा बस्दै आएका ६५ वर्षीय किशोरीलाल सोनीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनी नाताले दिपकका ससुरा हुन् ।

उनले २०६२ फागनु २३ गते दिपक हेमकार परिवारका बुहारी दीपा बाहेक सबै सदस्यसहित ५ जनाको हत्या गरिएको थियो । परिवारका गुलामदेवी हेमकार, जगदेव हेमकार, सीतादेवी हेमकार, दीपक हेमकार र पसलमा काम गर्ने १५ वर्षे रामशनिश्चर चौधरीको हत्या भएको थियो ।

हत्या गरी २९ लाख रुपैयाँ बराबरको सुनचाँदीका गहना समेत लुटिएको थियो । घटना भएको दिन दीपा माइत भारत गएकी थिइन् ।

परिवारका सबै सदस्यको हत्यापछि घटनामा बाँचेकी दीपककी श्रीमती दीपाले पनि दुई वर्ष पछि ८७ लाखमा सबै सम्पत्ति बेचबिखन गरेर भारत बस्न थालेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस