स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई तालिमको व्यवस्था गरिने : मन्त्री पण्डित « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई तालिमको व्यवस्था गरिने : मन्त्री पण्डित


१२ आश्विन २०७५, शुक्रबार


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूलाई आवश्यक तालिमको व्यवस्था गर्न लागिएको बताएका छन् ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै शुक्रवार मन्त्री पण्डितले काम गर्नै नसक्ने अवस्थामा रहेका स्थानीय तहलाई आवश्यक तालिम दिनका लागि तयार रहन स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन दिएका छन् ।

स्थानीय तहलाई दिशा निर्देश हुने गरी तालिम आयोजना गरिने बताएका मन्त्री पण्डितले भने– तालिमका लागि आवश्यक ऐन, कानुन र संरचना निर्माणको कामलाई सरकारले तीव्रता दिएको छ ।

स्थानीय तहमा विकास, निर्माणको कामलाई तीव्रता दिन पनि तालिम आवश्यक रहेकाले ढिलाइ गर्न नहुने बताउँदै मन्त्री पण्डितले सुकेनास जस्ता रोग लागेका आफू मातहतका सरकारी निकायलाई चुस्त दुरुस्त बनाएर काममा तीव्रता दिइने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस