साँस्कृतिक पर्वहरुले नेपालीलाई एकतावद्ध गराएका छन् : प्रधानमन्त्री ओली « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

साँस्कृतिक पर्वहरुले नेपालीलाई एकतावद्ध गराएका छन् : प्रधानमन्त्री ओली


१८ भाद्र २०७५, सोमबार


प्रधानमन्त्रीसँगको भेटघाटमा रोक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न साँस्कृतिक पर्वहरुले नेपालीहरुलाई एकतावद्ध गराउने काम गरेको बताए ।

गौरापर्वको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपालीहरुलाई एकतावद्ध गराउने काम साँस्कृतिक पर्वहरुले गरेको बताएका छन् ।

उनले नेपालको जातीय र साँस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैं परास्त गरेको स्मरण गरे ।

प्रधानमन्त्री ओलीले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व भएको बताएका छन् । बिशेषगरी कर्णाली र प्रदेश न. ७ मा मनाइने यस पर्वले नेपालको साँस्कृतिक एकतालाई थप मजवुद बनाएको बताए ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देश दिँदै भने, “नेपालका विभिन्न भाषा, संस्कृति, भेषभुषा, रितिरिवाज र संस्कारले विविधता बीच नै एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन् ।”

 

प्रतिक्रिया दिनुहोस