२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिवको नेतृत्वमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’ स्थापना

अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्तरमा शिक्षा कार्यालय स्थापना गर्ने भएको छ ।

मन्त्रालयले सात वटै प्रदेशमा सहसचिवको नेतृत्वमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’ स्थापना गर्न लागेको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए । निर्देशनालयलाई सामाजिक विकास मन्त्रालय मातहतमा राखिने छ । यसअघि मन्त्रालयअन्तर्गतको क्षेत्रीय शिक्षा निर्देशनालय रहेको थियो । अर्यालले भने, ‘प्रदेशस्तरमा शिक्षासम्बन्धी हुने सम्पूर्ण काम कारवाही गर्न निर्देशनालय स्थापना गर्न लागिएको हो ।’

निर्देशनालयले प्रदेश सरकारसँग समन्वय गरी काम गर्नेछ । उनका अनुसार प्रदेश सरकारले नै उक्त निर्देशनालय कहाँ रहने भन्ने टुङ्गो लगाउने छन् । उक्त निर्देशनालयमा उपसचिवको नेतृत्वमा चार शाखासमेत स्थापना गरिने छ । मन्त्रालय कर्मचारी महाशाखाका प्रमुख बाबुराम पन्थीले प्रत्येक निर्देशनालयमा ३५ कर्मचारी रहने छन् । उनका अनुसार एक सहसचिव, चार उपसचिव, आठ शाखा अधिकृत र अन्य कर्मचारी रहने छन् । उनले एक हप्ताभित्र नै कार्यालय स्थापना गरी कर्मचारीको खटाउने तयारी भइरहेको जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस