काठमाडौँ । जिल्ला रौतहटको गरुडा नगरपालिका-५ झाझपुलस्थित गरुडा नगरपालिका-९ गम्हरिया बिर्ता निवासी गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा एक राउण्ड गोली लोड रहेको कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
सोमवार गरुडा नगरपालिका–९ बिर्ता बस्ने अन्दाजी ४२ वर्षीय सदरे आलमलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा पक्राउ परेका सदरे आलमसँग मंगलवार सोधपुछ गर्दा उनले सोही मदिरा पसलको पछाडिको खेतमा रहेको झ्याङमा गोली तथा नगद रुपैयाँ लुका-छिपाई राखेको खुल्न आएको छ ।
निज सदरे आलमलाई साथमा लिई उक्त स्थानमा खानतलासी गर्दा कटुवा पेस्तोलमा प्रयोग हुने लाइभ राउण्ड गोली ४-चार-थान, ब्ल्यांक राउण्ड १ (एक) थान, कालो रङको पर्सभित्र भारतीय रुपैयाँ २४ हजार पाँच सय , नेपाली रुपैयाँ ३२ हजार पाँच सय तथा नाइट्राभेट ट्याबलेट २ (दुई) पिस बरामद भएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।







