२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

अ+ अ-

म्याग्दी ।  म्याग्दीको मंगला गाउँपालिका–३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा मर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । पछिल्लो १० दिनयता बरङ्जामा कुकुरले टोकेर तीन वटा बाख्रा मरेका छन् भने छ वटा घाइते भएका छन् । 

दैनिकजसो कुकुरले टोकेर बाख्रा मार्ने र घाइते बनाउन थालेको मंगला गाउँपालिका–३ का कार्यवाहक वडाध्यक्ष भेषकुमारी पुनले बताइन् । “पिङ्गे, खर्क, आलडाँडा, बाहुनपँधेरा, वडा कार्यालय, खर्सुपानी क्षेत्रमा सामुदायिक कुकरले आतंक सिर्जना गरेको छ”, उनले भनिन्, “आतंक फैलाउने कुकुर पहिचान गरी नियन्त्रणका लागि गाउँपालिका र सिंगा तातोपानी प्रहरी चौकीको सहयोग मागेका छौँ ।”

वडा कार्यालयमा रहेका पशु स्वास्थ्य प्राविधिकलाई कुकुरले टोकेर घाइते भएका बाख्राको उपचारका लागि भ्याइनभ्याइ भएको कार्यवाहक वडाध्यक्ष पुनले बताइन् । उनका अनुसार पिङ्गेका टेकबहादुर थापाका दुई वटा र भीमबहादुर रोकाको एउटा बाख्रा कुकुरले टोकेर मरेका छन् ।

वडाध्यक्ष पुनका अनुसार खर्सुपानीमा दुई, खर्कमा दुई, वडा कार्यालय नजिकै एउटा र बाहुनपँधेरामा एउटा बाख्रा कुकुरले टोकेर घाइते भएका छन् । स्थानीय कृषक गङ्गाधर आचार्यका अनुसार तीन वटा कुकुर घरमा किसान नभएको मौका छोपेर गोठमा आउने गरेका छन् । 

कुकुर आतंकका कारण बरङ्जावासीमा त्रास सिर्जना भएको स्थानीय महेन्द्ररत्न माविका प्रअ कृष्णलाल सापकोटाले बताए। बरङ्जाका सबै टोलमा सार्वजनिक सूचना जारी गरेर घरपालुवा कुकुरलाई सम्बन्धित घरधनीले बाँधेर राख्ने र झारा लगाएर खोजी आतंक फैलाउने कुकुरलाई नियन्त्रणमा लिन गाउँपालिका र सुरक्षा निकायसँग सहयोग मागिएको कार्यवाहक वडाध्यक्ष पुनले जानकारी दिइन् ।   

0 Comments