२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक परिचालिका व्यवस्थापनसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले सामाजिक परिचालिका व्यवस्थापनसम्बन्धी बनेको प्रतिवेदनलाई प्राथमिकताका साथ पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा सामाजिक परिचालिकालाई प्राथमिकताका साथ लिई सम्बन्धित सबै मन्त्रालयले उहाँहरूको भावना सम्बोधन गर्न निर्देशन दिएको हो ।

समितिकी सभापति आकृति अवस्थीको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको समितिका सचिव इन्द्रविलास पौडेलले बताए । उनका अनुसार समितिमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादी, अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, भूमि, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिव मदन भुजेलको उपस्थिति थियो । 

नेपाल सरकारले स्थानीय स्वायत्त शासन ऐन, २०५५ का आधारमा सामाजिक परिचालन कार्यविधि, २०७१ जारी गरिएको थियो । समाजमा पछि पारिएका महिला तथा सीमान्तकृत वर्गको विकासको मूल प्रवाहमा ल्याउने र उनीहरूमा जनचेतना फैल्याउने हेतुले सामाजिक परिचालिका खटाइएको थियो । यसअन्तर्गत  देशभर ६३६ परिचालिका क्रियाशील थिए । 

संघीयता आएपछि तीन तहको सरकार आएलगत्तै सामाजिक परिचालिकाको पारिश्रमिक  र कार्य जिम्मेवारीमाथि बेवास्ता भएको बताउँदै परिचालिकाले अधिकार माग गर्न थालेका छन् । उनीहरूको मागअनुसार केही स्थानीय सरकारले आफूअन्तर्गतका सामाजिक परिचालिकालाई रोजगार दिएको भए पनि अझै पनि ४०० भन्दा बढी सामाजिक परिचालिकाको रोजगार र पारिश्रमिक अधिकार अन्योलमा रहेको समितिका सचिव एवं सहसचिव पौडेलले जानकारी दिए । 

अलपत्र परेका सामाजिक परिचालिकालाई व्यवस्थित गर्न तयार भइसकेको प्रतिवेदनको पूर्ण रूपमा कार्यान्वयन गर्न समितिले निर्देशनात्मक निर्णय गरेको उनले जानकारी दिए।

0 Comments